टी-सीरीजलाई पछि पार्दै मिस्टरबिस्ट युट्युबको सबैभन्दा धेरै सदस्यता भएको च्यानल बन्न सफल

Technology Khabar २० जेष्ठ २०८१, आईतवार

काठमाडौं ।

जिमी ‘मिस्टरबिस्ट’ डोनाल्डसन भारतीय रेकर्ड लेबल टी-सिरिजलाई उछिन्दै युट्युबमा सबैभन्दा धेरै सब्सक्राइब (सदस्यता) भएको च्यानल बनेर पहिलो स्थानमा पुगेका छन्।

टी–सीरीजले सन् २०१९ मा प्यूडाइपाइलाई पछि पार्दै पहिलो स्थानमा पुग्न सफल भएको थियो। यद्यपि मिस्टरबिस्टले टी–सीरीजलाई निरन्तर पछ्याइरहेको थियो।

साथै २६ वर्षीय जिमी डोनाल्डसनले सन् २०२३ को सुरुवातमा स्विडेनी युट्युबरको लागी बदला लिने वाचा गरेका थिए र त्यो समयमा उनको १२७ मिलियन सदस्यहरू थिए भने टी–सीरीजको २३३ मिलियन सब्सक्राइबरहरु रहेको थियो।

करिब डेढ वर्षपछि, मिस्टरबिस्टले १०० मिलियन भन्दा बढी सब्सक्राइबरको भिन्नता बनाउन सफल भएको जनाइएको छ। साथै सन् २०२४ को जुन १ सम्ममा मिस्टरबिस्टले भारतीय रेकर्ड लेबललाई उछिन्दै युट्युबको मस्ट सब्सक्राइब्ड (सबैभन्दा धेरै सदस्यता भएको) च्यानल बनेको छ।

सबैभन्दा धेरै सदस्यता भएको च्यानलको रुपमा अग्रस्थानमा रहेको टी–सीरीजले अप्रिल १५ मा आफ्नो शासनमा जोखिम उत्पन्न भएको अनुभूति गरेको देखेको थियो र त्यस समयमा यसले आफ्ना फलोअरहरूलाई “एकजुट भएर इतिहास रचौँ” भन्दै आह्वान गरेको उल्लेख गरिएको छ।

यसको जवाफमा मिस्टरबिस्ट आक्रामक बन्दै दर्शकहरूलाई “त्यसको सट्टामा बरु मलाई सब्सक्राइक गर्नुहोस्” भन्दै एक्समा टी–सीरीजलाई सिधै जवाफ दिएका थिए। साथै युट्युबरले टी–सीरीजका सीईओ, भूषण कुमार दुआलाई बक्सिङ खेलको लागि चुनौती पनि दिएका थिए।

त्यसपछि, जुन १ मा मिस्टरबिस्टले आफ्नो गति बढाउँदै टी–सीरीजलाई उछिन्न सफल भएको र प्यूउडाइपाइको लागि “बदला” लिने आफ्नो वाचा पनि पूरा गरेको जनाइएको छ।

कन्टेन्टलाई अर्कोस्तरमा लैजान जारी राख्दै र रेकर्ड पछि रेकर्ड तोड्दै गर्दा मिस्टरबिस्टको लागि यो उपलब्धि पहिले देखिनै निश्चित जस्तो रहेको बताईएको छ।

उनका भिडियोहरू निकै इन्टेन्स हुने गरेका छन्। जस्तै एक हप्ताको लागि आफूलाई जिउँदै गाड्नेदेखि लिएर प्रतियोगीहरूलाई ठूलो नगद पुरस्कारको लागि १०० दिनसम्म बाँच्ने भिडियोहरू उनका च्यानलमा भेट्न सकिने उल्लेख गरिएको छ।

यसबाहेक, युट्युबरले परिवार, साथीहरू, फ्यानहरू र बीस्ट फिलानथ्रोपी नामक आफ्नै गैर–लाभकारी परोपकारबाट आवश्यक पर्नेहरूलाई लाखौं नगद पनि दिने गरेका छन्।

त्यसैगरी कन्टेन्ट बनाउनु बाहेक जिमी डोनाल्डसनको चकलेट बार ’फेस्टेबल्स’ उत्तरी अमेरिकाभरि विभिन्न स्थानहरूमा रहेका वालमार्टमा द्रुत रूपमा बिक्री हुने गरेको हुनाले उनको उद्यमहरू पनि उकालो लागेका छन्।

मे महिनामा जिमी डोनाल्डसनले अमेजन प्राइमसँगको पहिलो शो ‘बीस्ट गेम्स’ को लागि ५,०००,००० अमेरिकी डलरको साथ “इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो गेम शो” मा भाग लिन ५,००० आवेदकहरू खोजिरहेका घोषणा गरेका थिए।

डोनाल्डसनले टी–सीरीजलाई पछि पार्दै पहिलो स्थानमा पुग्न सफल भए तापनि युद्ध अझै समाप्त नभएको उल्लेख गरिएको छ। दुई प्रतिद्वन्द्वीहरू अझै पनि ३०० मिलियन सदस्यहरू बनाउनका लागि प्रतिशपर्धा गरिरहेका छन्।

प्रकाशित: २० जेष्ठ २०८१, आईतवार

तपाइको प्रतिक्रिया