अमेजन सिईओ जेफ बेजोसको सम्पत्ति ५ विलियन डलरले बढ्यो, बिल गेट्स दोस्रो स्थानमै

  • Technology Khabar | ५ असार २०७५, मंगलवार
अमेजन सिईओ जेफ बेजोसको सम्पत्ति ५ विलियन डलरले बढ्यो, बिल गेट्स दोस्रो स्थानमै

काठमाडौं ।

काठमाडौं । अमेजनका संस्थापक तथा सिईओ जेफ बेजोस विश्वको धनिहरुको सूचीमा पहिलो स्थानमा आएका छन् ।

फोब्र्सले हालै जारी गरेको विश्वको धनीहरुको सूचीमा जेफ बेजोस १४१.९ बिलियन अमेरिकी डलरसहित धनीको सूचीमा पहिलो स्थानमा आएका हुन् । यो सूची जुन १८ तारिखमा सार्वजनिक गरिएको हो ।

बेजोसको सम्पत्ति यहि जून १ तारिखदेखि ५ विलियन अमेरिकी डलरले वृद्धि भएको छ । उनले माइक्रोसफ्टका बिल गेट्सलाई धनीको सूचीमा पछि पार्दै पहिलो स्थानमा रहेका हुन् । त्यस्तै धनीको सूचीको दोस्रो नम्बरमा गेट्स ९२.९ विलियन अमेरिकी डलर सम्पत्तिसहित रहेका छन् ।

यी दुबै सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने कम्पनीका संस्थापक तथा लगानीकर्ता हुन् । बेजोसको अमेजन विश्वको ठूलो ईकमर्श साइट हो भने माइक्रोसफ्ट सफ्टवेयर कम्पनीको रुपमा रहेको छ।

तेस्रो स्थानमा भने शेयर लगानीकर्ता वारेन बफेट रहेका छन जसको सम्पत्ति १७७.८७ विलियन अमेरिकी डलर रहेको छ।

अमेजन एप्पल र गूगलको माउ कम्पनी अल्फाबेटसँगै विश्वको पहिलो ट्रिलियन कम्पनी हुने प्रतिस्पर्धामा समेत रहेको छ ।

प्रकाशित: ५ असार २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...