काठमाडौं ।
काठमाडौं । गूगलले हालै आफ्नो आधिकारिक एसएमएस तथा मेसेजिंग एप वेब भर्सनका लागि सार्वजनिक गरेको छ । गूगलको मेसेजेज(Messages) नामक सो एप हाल वेबमा मात्र उपलब्ध रहेको छ ।
कम्पनीले यो एपमा प्रयोगकर्ताहरुको अनुरोधमा नै उच्चस्तरको फीचरहरु राखेको बताएको छ ।
यसको वेब इन्टरफेसमा जानका लागि तपाईँको मेसेजेज मोबाइल एपको मेनूमा गएर ‘मेसेज फर वेब’ अप्सनमा छनौट गर्नुपर्ने हुन्छ, जसमा तपाईँले क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ ।
गूगलले वेब भर्सनमा तपाईँले स्टीकरहरु, ईमोजी, र अट्याच गरिएका तस्विहरका साथमा टेक्स्ट पठाउन सक्ने बताएको छ।
गूगलले मेसेजेजको वेब भर्सनमा नयाँ एन्ड्रोयड मेसेजेज फीचरहरु समेत समावेश गरेको छ, जसमा लिंक प्रिभ्यू, स्मार्ट रिप्लाईज, ओटिपीज कपी गर्नसक्ने र जीआईएफ सर्च गर्न सक्ने सुविधा छ।
प्रकाशित: ५ असार २०७५, मंगलवार