Technology Khabar १८ जेष्ठ २०८१, शुक्रबार
काठमाडौं ।
दोलखाको चरीकोटमा रहेको एपेक्स स्कुलले विद्यार्थीलाई मोबाइल एपमार्फत पठनपाठन सुरु गरेको छ। अध्यापन कार्यलाई थप सहज र प्रविधिमैत्री बनाउँदै विद्यालयले मोबाइल एप्लिकेसनमार्फत पढाउन लागेको हो।
स्कुलले आयोजना गरेको ‘स्मार्टर’ नामक एप सार्वजनिक कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले प्रविधिको प्रयोगले विद्यार्थीको अध्ययनमा थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे।
एपेक्सले मात्र नभई भीमेश्वर नगरपालिकाका अरू विद्यालयले पनि प्रविधिको प्रयोग गरेर अध्यापन गराउनुपर्ने उनले बताए।
विद्यालयका प्रधानाध्यापक नसिव कायस्थले हरेक कक्षाकोठामा स्मार्ट टेलिभिजन राखेर श्रव्यदृश्य माध्यमबाट पठनपाठन हुने भएकाले यसबाट विद्यार्थीलाई शिक्षण सिकाइ थप सहज हुने विश्वास व्यक्त गरे।
हाल एप्लिकेसनमार्फत गणित, विज्ञान र सामाजिक विषयको मात्रै पढाइ हुने बताउँदै उहाँले केही समयमा बाँकी विषयलाई पनि एप्लिकेसनमा समावेश गर्ने जानकारी दिए। गोरखापत्रबाट
प्रकाशित: १८ जेष्ठ २०८१, शुक्रबार