अलिबाबाको एआईमा आधारित मल्टि क्यामरा रिप्ले सेवा परीक्षण सफल

  • Technology Khabar | १५ जेष्ठ २०८१, मंगलवार
अलिबाबाको एआईमा आधारित मल्टि क्यामरा रिप्ले सेवा परीक्षण सफल

काठमाडौं ।

अलिबाबाले ओलम्पिक क्वालिफायर सिरिजमा एआई-आधारित मल्टि क्यामेरा रिप्ले सेवाको परीक्षण गरेको छ।

अलिबाबा क्लाउडले ओलम्पिक ब्रोडकास्टिङ सर्भिसेस (ओबीएस) सँगको साझेदारीमा १६ देखि १९ मेसम्म शाङ्घाईमा आयोजना भएको ओलम्पिक क्वालिफायर शृङ्खलामा आफ्नो नवीनतम एआई समर्थित मल्टि क्यामरा रिप्ले सेवाको परीक्षण गरेको छ।

यो इभेन्टले पेरिस (पेरिस २०२४) मा आगामी ओलम्पिक खेलहरूमा भाग लिने खेलाडीहरूलाई निर्धारण गर्यो।

अलिबाबा क्लाउडको एआई सेवा पेरिस २०२४ मा विश्वभरका दर्शकहरूलाई हेर्ने नविनतम अनुभव प्रदान गर्न विभिन्न प्रतिस्पर्धा स्थलहरूमा तैनाथ गरिने बताईएको छ।

प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार