झुठ्ठा विवरण पेश गरेको मुद्दामा विकल पौडेल दोषी ठहर, एक वर्ष कैद र जरिवानाको आदेश

  • Technology Khabar | १४ जेष्ठ २०८१, सोमबार
झुठ्ठा विवरण पेश गरेको मुद्दामा विकल पौडेल दोषी ठहर, एक वर्ष कैद र जरिवानाको आदेश

काठमाडौं ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको झुठ्ठा विवरण पेश गरेको मुद्दामा अदालतले दोषी ठहर गरेको छ।

पौडेललाई विपक्षी बनाई विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेकोमा उक्त मुद्दाको आज सुनुवाई गर्दै अदाततले उनलाई दोषी ठहर गर्दै ६ महिना कैद र जरिवाना तोकेको छ।

विशेष अदालतका न्यायाधिशहरु टेक नारायण कुँवर, राम बहादुर थापा र
रितेन्द्र थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर गर्दै भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (ख) बमोजिमको कसुरजन्य कार्य गरेकोले सोही सोही ऐन‌को दफा १६ (१) बमोजिम छ महिना कैद र १० हजार जरिवाना हुने निर्णय सुनाएको छ।

यसका साथै, सार्वजनिक संस्थाको प्रमुख कार्यको पदमा कार्यरत रहेका पौडेललाई उक्त ऐनको दफा २४ बमोजिम थप छ महिना कैद सजाय हुने फैसला सुनाएको हो।

पौडेल कार्यकारी निर्देशक भई कार्यरत सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत रहेका थिए।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पद‌मा पुनः नियुक्ति भएको अवस्थामा माथि उल्लिखित तिमालको मापदण्ड र नेपालको संविधानको धारा २९१ (१) को व्यवस्था विपरित प्रतिवादी पौडेलले विदेशी मुलुक (USA) को स्थायी आवासीय अनुमती पत्र (एलपीआर) लिई सो पदको योग्यता ढाँटी जानीजानी सो पदमा बहाल भई कार्यरत रहेको भन्दै उनलाई भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य गरेको अदालतले निर्णय गरेको छ।

सो बारेमा अख्तियारले संचार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध सार्बजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ११ को देहाय (घ) को व्यवस्था विपरित निज विकल पौडेलले सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक पदमा राष्ट्रसेवकको ओहदामा बहाल रही लाभ र सुविधा पाईरहने उद्देश्यले आफैंले स्व:घोषणा गरी विदेशको अस्थायी आवासीय अनुमतिपत्र नलिएको भनी विवरण पेश गरेको भन्दै २०८१ बैशाख ९ गते मुद्दा हालेको थियो।

उनले राष्ट्रसेवकको हैसियतले वहाल रहेको अवस्थामा नै संयुक्त राज्य अमेरिकाको कानूनी स्थायी आवासीय अनुमती लिएर पनि उक्त विवरण लुकाई/छिपाई मिति २०७९।०२।१३ गते पदावधि थप गर्दासमेत उक्त विवरण लुकाई झुट्टा विवरण दिई राष्ट्रसेवक पदमा वहाल रही राष्ट्रसेवकको हैसियतमा लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको अख्तियारले मुद्दामा भनेको छ।

यो पनि हेर्नुस्-

अकुत सम्पत्ति आर्जन गरेको भन्दै विकल पौडेलविरुद्ध ६२ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा

प्रकाशित: १४ जेष्ठ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • १४ जेष्ठ २०८१, सोमबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • १४ जेष्ठ २०८१, सोमबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • १४ जेष्ठ २०८१, सोमबार