विश्वविख्यात चिनियाँ अन्वेषकद्वारा नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी माझ प्रस्तुति

  • Technology Khabar | १४ जेष्ठ २०८१, सोमबार
विश्वविख्यात चिनियाँ अन्वेषकद्वारा नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी माझ प्रस्तुति

काठमाडौं ।

विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताएका छन्। विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका डा. माङले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा शिक्षकहरूसँग अन्तरकृया गर्दै उक्त कुरा बताए।

स्वतन्त्र अन्वेषणबाट प्राप्त ज्ञानमा सबैको समान तथा निःशुल्क पहुँच हुनुपर्ने कुरामा जोड दिँदै डा. माङले भूराजनिती र विकसीत भनिएका देशहरूको संकिर्ण व्यापारिक सोचले गर्दा त्यस प्रकारका अन्वेषण तथा शोधकार्यबाट प्राप्त ज्ञानमा सिमित व्यक्तिहरूको मात्र पहुँच भएको पनि जिकीर गरे।

कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई लक्षित गर्दै डा. वाङ होउ माङले अन्वेषण गरी नयाँ कुराहरू पत्ता लगाउँदाको सुखद क्षणहरूको चर्चा गर्दै विद्यार्थीहरूलाई पनि अन्वेषणमा लाग्न प्रोत्साहन गरे। डा. वाङ होउ माङ सन् १९८६मा स्थापित चीन अन्वेषण तथा शोध समाजका अध्यक्ष हुन्।

ललितपुरको प्रयागपोखरी स्थित कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा भएको कार्यक्रममा डा। वाङ होउ माङले ‘अन्वेषण पछाडिको विज्ञान’ शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए।

एलो रिभर, याङ्ट्से रिभर र मेकङ रिभर सहित एसियाका ६ वटा प्रमुख नदीहरूको पाँच हजार मिटर भन्दा माथि उचाईमा रहेका मुहानहरू पत्ता लगाई विश्वविख्यात भएका डा. वाङ होउ माङले विगतमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय तथा नासाका अब्बल वैज्ञानिकहरूसँग सहकार्यगरी सेटेलाइट प्रविधिको माध्यमबाट तिव्वतबाट प्रारम्भ भएको एलो रिभरको मुहान पत्ता लगाएका थिए। पछि भू–धरातलीय अन्वेषणको लागि अन्य अन्वेषकहरू सहित ती क्षेत्रहरूको भ्रमण गरि उक्त नदीको मूल निर्क्योल गरेका थिए।

प्रकाशित: १४ जेष्ठ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार