एम.ए.डब्लू. हायर पर्चेजले आफ्ना ग्राहकका लागि ल्यायो ‘मोबाइल एप’

  • Technology Khabar | ७ जेष्ठ २०८१, सोमबार
एम.ए.डब्लू. हायर पर्चेजले आफ्ना ग्राहकका लागि ल्यायो ‘मोबाइल एप’

काठमाडौं ।

एम.ए.डब्लू. हायर पर्चेज प्रालिले आफ्ना ग्राहकहरूका लागि ‘एमएचपीएल एप’ को सुरुवात गरेको छ। ‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकहरुका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रुपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुने बताईएको छ।

काठमाडौँमा आइतबार आयोजित एक औपचारिक कार्यक्रममा एमएडब्लू गुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपिलएलका महाप्रबन्धक प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’को सुरुवात गरे।

“एमएचपीएल एप मार्फत् अब ग्राहकहरुले आफ्ना कारोबारको रियल टाइम इनसाइटहरु प्राप्त गर्न सक्नेछन्। यो त केवल सुरुवात हो; हामी बजारको मागलाई सम्बोधन गर्दै एपका सुविधाहरुलाई अझै समृद्ध बनाउन निरन्तर प्रतिबद्ध छौँ”, एमएचपीएलका महानिर्देशक प्राणनाथ भट्टराईले भने।

एमएचपीएल एमएडब्लू ग्रुपद्वारा प्रवर्धित र नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त हायर-पर्चेज कम्पनी हो।

एपमार्फत आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरुले भौतिक रुपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ७ जेष्ठ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China launches two new test satellites

  • Technology Khabar
  • ७ जेष्ठ २०८१, सोमबार