Technology Khabar १ असार २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
अस्पतालमा आयोजित समारोहमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र अस्पतालका तर्फबाट म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।
सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक, खातावाला महानुभाव तथा कर्मचारीहरुले ओम हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।
प्रकाशित: १ असार २०७५, शुक्रबार