आस्क फोटोजमार्फत गुगल फोटोजमा आयो जेमिनी एआई फिचर

  • Technology Khabar | ४ जेष्ठ २०८१, शुक्रबार
आस्क फोटोजमार्फत गुगल फोटोजमा आयो जेमिनी एआई फिचर

काठमाडौं ।

यो वर्षको गुगल आई/ओ सम्मेलन धेरै जसो जेमिनीले भरिएको र गुगल फोटोजमा पनि जेमिनी जोडिएको छ। गुगलले आस्क फोटोज नामक एक “एक्सपेरिमेन्टल फिचर” (प्रयोगात्मक सुविधा) को घोषणा गरेको छ, जुन आगामी महिनाहरूमा रोल आउट हुनेछ।

यस फिचरले ग्यालरीमा रहेको विशेष मेमोरी वा जानकारी सम्झन सजिलो बनाउने बताईएको छ।

यो जेमिनीद्वारा पावर्ड (संचालित) हुने र यसले तस्बिरहरु र भिडियोहरूको धेरै पृष्ठहरू स्क्रोल नगरिकन आवश्यक पर्ने कुराहरू फेला पार्न मद्दत गर्नेछ। साथै यसको नामले संकेत गरेझैं, आस्क फोटोजमार्फत प्राकृतिक रूपमा के खोजिरहेको भनेर सोध्न सकिने छ।

आस्क फोटोजले आफ्नो जीवनसँग सम्बन्धित; उदाहरणको लागि- गत वर्ष बसेको क्याम्प वा आफ्नो भौचरको म्याद कहिले सकिनेछ भन्ने प्रश्न सोध्दा यी कुराहरुको बारेमा पनि जानकारी प्रदान गर्ने उल्लेख गरिएको छ। जेमिनीको मल्टिमोडल क्षमताहरूले विवरणहरू बाहिर निकाल्नको लागि फोटोहरूको सन्दर्भ र विषय बुझ्न सक्ने छ।

आस्क फोटोजले ट्रिप (यात्रा) हाइलाइट सिर्जना गर्न मद्दत गर्न सक्ने बताइएको छ। यसबाहेक, यसले सोशल मिडियामा सेयर गर्नको लागि पर्सनलाइज्ड क्याप्शन पनि लेख्ने उल्लेख गरिएको छ।

मानिसहरूले “दुर्व्यवहार वा हानि पुर्याउने दुर्लभ अवस्थामा सम्बोधन गर्न बाहेक” आस्क फोटोजमा तपाईंको कुराकानी र व्यक्तिगत डाटा समीक्षा नगरिने गुगलले बताएको छ।

त्यसैगरी कम्पनीले अन्य जेमिनी मोडल र प्रडक्टस सहित व्यक्तिगत डाटामा गुगल फोटोज बाहिरका कुनै पनि जेनेरेटिभ एआई प्रडक्टलाई तालिम नदिने वाचा गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ४ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

  • Technology Khabar
  • ४ जेष्ठ २०८१, शुक्रबार