Technology Khabar ३ जेष्ठ २०८१, बिहीबार
काठमाडौं ।
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी निओले बुधबार आफ्नो नयाँ कम मूल्यको ब्राण्ड ओन्भोको पहिलो गाडी सार्वजनिक गरेको छ जसको उद्देश्य विश्वको सबैभन्दा बढी बिक्री हुने ईभी टेस्लाको मोडल वाईसँग प्रतिस्पर्धा गर्ने रहेको छ।
निओले ओन्भो एल ६० एसयूभीको स्टिकर मूल्य २,१९,९०० युआन (३०,४७६ डलर) बाट सुरु गर्यो, जुन टेस्लाको मोडल वाईको मूल्य भन्दा १२ प्रतिशत मात्र कम छ। टेस्लाको मोडल वाईको मूल्य चीनमा २,४९,९०० युआनबाट सुरु हुन्छ।
निओले सेप्टेम्बरमा ओन्भो एल६० को डेलिभरी सुरु गर्ने योजना बनाएको छ।
तीन वर्षअघि सुरु भएको ओन्भोले प्रणाली क्षमताहरूको पूर्ण सेट विकास गरेको छ र विगत १० वर्षमा निओको क्षमता र स्रोतहरूद्वारा थप सशक्त भएको निओका संस्थापक, अध्यक्ष र सीईओ विलियम लीले भने।
उनले शंघाईमा ओन्भो एल ६० एसयूभी (Onvo L60 SUV) प्रस्तुत गर्दै कम्पनीले टोयोटा मोटरको र्याभ ४ का ग्राहकको अनुभव र स्वामित्व लागतलाई सन्तुलनमा राख्ने पारिवारिक कारहरू उपलब्ध गराउने लक्ष्य राखेको बताए।
“र्याभ ४ र मोडल वाई तिनीहरूको समयमा पारिवारिक कारहरूको लागि बेन्चमार्क थिए। प्रविधिको विकास र स्मार्ट इभीहरुमा मानिसहरूको बुझाइ बढ्दै गएपछि, आज हामीले पारिवारिक कारहरूको लागि नयाँ मापदण्डहरू पुन: परिभाषित गर्ने समय आएको छ,” लीले भने।
न्यून मूल्य ट्यागको साथ, ओन्भो ब्रान्डले निओलाई चीन बाहिर विस्तार गर्न पनि मद्दत गर्न सक्छ, यद्यपि युरोपमा शाखा विस्तार गर्दा ईयूले चीनबाट इभी आयातमा सुरु गरेको चलिरहेको सब्सिडी विरोधी अनुसन्धानले ओझेलमा परेको छ।
ओन्भो एल ६० एसयूभी निओको स्व-विकसित ९०० भोल्ट फास्ट-चार्जिङ प्रणालीसंग सुसज्जित छ र प्रति १०० किलोमिटर १२.१ किलोवाट-घण्टाको औसत ऊर्जा खपत छ, यो टेस्लाको मोडेल वाई भन्दा थोरै कम ऐएको ब्राण्डका अध्यक्ष एई ताइचेङ्गले बताए।
ओन्भोले एल ६० को ब्याट्री प्याकको बारेमा जानकारी जारी गरेको छैन, तर मोडेलको मानक दायरा संस्करणको लागि ५५५ किलोमिटर र लामो-दायरा संस्करणको लागि ७३० किलोमिटर भन्दा बढीको सीएलटीसी दायरा रहेको बताएको छ।
प्रकाशित: ३ जेष्ठ २०८१, बिहीबार