
काठमाडौं ।
यस वर्षको गुगल आई/ओ २०२४ डेभलपर कन्फरेन्स क्यालिफोर्निया (सीए) स्थित माउन्टेन भ्यू स्टेज मंगलबार नेपालीसमयअनुसार मध्यरातमा आयोजना गरिएको छ। उक्त कार्यक्रममा सुन्दर पिचाई र गुगलको नेतृत्व टोलीका अन्य व्यक्तिहरूले सबै प्रकारका एआई–संचालित विषयवस्तुहरू घोषणा गरेका छन्।
उक्त विकासकर्ता सम्मेलन लगभग पूर्ण रूपमा सफ्टवेयर र एआईमाथि केन्द्रित रहेको थियो। गुगल जेमिनी र यसका विभिन्न एप्लिकेसन्सका साथै एन्ड्रोइडमा के आउँदैछ भनेर सो सम्मेलनमा विवरणहरु प्रदान गरिएको छ।
अघिल्लो गुगल आई/ओ किनोटहरूमा जस्तो यस पटकको सम्मेलनमा भने हार्डवेयर घोषणाहरू वा कुनै पनि प्रकारको टिजहरू समावेश गरिएको छैन्। साथै यस विकासकर्ता सम्मेलनमा पिक्सेल ९ सिरिज वा पिक्सेल फोल्ड २ (जसलाई केहिले पिक्सेल ९ प्रो फोल्ड पनि भनि रहेका छन्) को प्रारम्भिक रूप (अर्लि लुक) प्राप्त गर्न सकिने अपेक्षा गरिएको भएतापनि यस प्रकारका कुनै पनि कार्य भएनन्।
गुगल आई/ओमा भएका प्रमुख र नयाँ घोषणा यस्ता छन्ः-
- प्रोजेक्ट अस्ट्रा गुगलले भविष्यको एआई एसिस्टेन्टको रुपमा प्रोजेक्ट अस्ट्रा अनावरण गरेको छ। यसले तपाइँको प्रश्नहरूको कन्टेक्स्टचुअल रेसपोन्स (सान्दर्भिक प्रतिक्रियाहरू) प्रदान गर्नका लागि तपाइँले फोनबाट खिचेको भिडियो र भ्वाइस रिकग्निसन (आवाज पहिचान) प्रयोग गर्दछ। साथै एउटा डेमोले प्रोजेक्ट अस्ट्रा प्रयोग गर्दै क्यामरा प्रयोग गरेर कोडिङ समस्या समाधान गर्न मद्दत गरेको देखाएको छ।
- गुगल वर्कस्पेसः जेमिनीलाई कम्पनीका लोकप्रिय गुगल सर्भिसेस (सेवाहरू) मा रोल आउट गरिने भएको छ, जस्तै जिमेल, जसले लामो इमेल चेनहरूको भाग भएका इमेलहरूलाई संक्षेपीकरण गर्न सक्ने जनाइएको छ। साथै त्यहाँ एक स्मार्ट रिप्लाई फिचर पनि रहेको र यसले जेमिनीलाई तपाइँको इमेल वार्तालापहरू विश्लेषण गरेपछि थप प्रासंगिक जवाफहरू प्रदान गर्न अनुमति दिनेछ।
- एन्ड्रोइडमा थप एआईः गुगलले एन्ड्रोइड १५ को बारेमा विशेष रूपमा फिचर्स नदेखाएको र उल्लेख नगरेको भएतापनि कम्पनीले एन्ड्रोइडमा थप एआई फिचर (सुविधा) हरू आउने बारेमा जानकारी साझा गरेको छ। उदाहरणका लागि, सर्कल टु सर्च लाई अब फराकिलो तवरले रोल आउट गरिने छ। त्यसैगरी एन्ड्रोइडका लागि टकब्याक भनिने एआई फिचर (सुविधा) पनि रहेको छ, जुन कमजोर दृष्टि भएकाहरूका लागि तस्बिरहरूको विवरण बताउने पहुँचयोग्य टुल हुनेछ।
- गुगल सर्चः एआई ओभरको साथ छिटो जवाफहरू, यात्रा कार्यक्रम सिर्जना गर्ने र समस्याहरू समाधान गर्न भिडियो प्रयोग गर्ने क्षमता जस्ता नयाँ जेमिनी फिचर्स (सुविधाहरू) को साथ गुगल मार्फत खोजी गर्ने कार्यमा ठूलो बढोत्तरी भइरहेको उल्लेख गरिएको छ।
- गुगल भियोः जेनेरेटिभ एआई प्रयोग गरेर, गुगल भियोले तपाईंको अनुरोधमा आधारित यथार्थपरक, विस्तृत १०८०पी भिडियोहरू सिर्जना गर्न सक्ने उल्लेख गरिएको छ। साथै, इमाजेन ३ ले टेक्स्ट प्रम्प्टहरूमा आधारित ईमेज (तस्विर) हरू उत्पन्न गर्न सक्ने थप उल्लेख गरिएको छ।
प्रकाशित: ३ जेष्ठ २०८१, बिहीबार