हरेक हप्ता ५० हजार यात्रुलाई रोबोट्याक्सीको सेवा दिँदै वेमो

  • Technology Khabar | ३१ बैशाख २०८१, सोमबार
हरेक हप्ता ५० हजार यात्रुलाई रोबोट्याक्सीको सेवा दिँदै वेमो

काठमाडौं ।

अल्फाबेटको अधिनमा रहेको वेमोले आफ्नो रोबोट ट्याक्सीमा हरेक हप्ता ५० हजार यात्रुले यात्रा गरिरहेको जानकारी दिएको छ।

वेमोले विगतमा ट्विटर हाल एक्समा उसको रोबोट्याक्सी मार्फत तीन शहरमा हरेक हप्ता ५० हजार भन्दा बढीलाई सशुल्क सेवा दिइरहेको घोषणा गरेको छ।

वेमो वान ती शहरमा हरेक हप्ता २४ घण्टा सञ्चालनमा रहेको छ। यदि कम्पनीले हेरक हप्ता ५ हजार राइड गरिरहेको छ भने कम्पनीले प्रत्येक घण्टामा ३०० बुकिङ वा प्रत्येक मिनेटमा ५ बुकिङ प्राप्त गरिरहेको छ।

वेमोले अस्टिन सहित चार शहरमा १० लाख भन्दा बढीले सवारी मात्र गरेका छन्। यहाँ कम्पनीले छनोट गरिएका प्रयोगकर्तालाई मात्र सवारी सेवा प्रदान गरिरहेको छ।

वेमोले यस कोसेढुंगाको घोषणा गर्दै आफ्नो कार्यक्रम मापन गर्न आफ्नो ‘सेफ र डेलिब्रेट एपरोज’लाई श्रेय दिएको इनग्याजेटको रिपोर्टमा उल्लेख छ।

‘हामी देख्छौं कि सबै क्षेत्रका मानिसहरूले हाम्रो सेवाको प्रयोग निश्चित भएर यात्रा गर्न, स्वतन्त्रता प्राप्त गर्न, आफ्नो कम्युट पुनः दावी गर्न र थप गर्न प्रयोग गर्छन्। पूर्ण रूपमा स्वायत्त सवारी–हेलिङ एक वास्तविकता हो र हरेक दिन आफ्ना शहरहरू नेभिगेट गर्ने मानिसहरूको लागि एक प्राथमिकता गतिशील विकल्प हो,’ यसले भनेको छ।

प्रकाशित: ३१ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

पोखरा विश्वविद्यालयको परीक्षा स्थगित

  • Technology Khabar
  • ३१ बैशाख २०८१, सोमबार