Technology Khabar २९ बैशाख २०८१, शनिबार
काठमाडौं ।
कम्बोडियाको स्वास्थ्य मन्त्रालयले शनिबार मानिसहरूलाई विशेषगरी युवाहरूलाई ‘ई–चुरोट’ सेवन नगर्न आह्वान गरेको छ।
यसमा निकोटिनको उच्चस्तर हुन्छ जसले प्रयोगकर्ताहरूको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । ई–चुरोट वा भ्याप ब्याट्री–सञ्चालित यन्त्र हो ।
मन्त्रालयको विज्ञप्तिअनुसार यसले प्रयोगकर्ताहरूले श्वास लिने एरोसोलमा विशेष तरल पदार्थलाई तताउँछ । ई–चुरोटमा ठूलो मात्रामा निकोटिन हुन्छ र एक अत्यधिक लत लगाउने पदार्थ पनि हो । विज्ञप्तिमा ई–चुरोट सेवन गर्नेहरूले फोक्सोको रोग, फोक्सोको क्यान्सर, हृदय रोग र मस्तिष्कको विकासमा क्षतिको उच्च जोखिम सामना गर्न सक्ने उल्लेख छ ।
गर्भवतीहरूका लागि ई–चुरोट भेपरले गर्भमा रहेको बच्चाको विकासलाई असर गर्छ । लागुऔषध विरुद्धको राष्ट्रिय प्राधिकरणले सन् २०१४ देखि ई–चुरोट र सिसाको आयात, व्यापार र प्रयोगमा प्रतिबन्ध लगाएको छ । तर केही अवसरवादीहरूले अझै पनि यी उत्पादनहरू बिक्री गर्ने गरेका छन् ।
वास्तवमा ई–चुरोट चुरोटको लत छाड्ने यन्त्र होइन । यसले प्रयोगकर्ताको स्वास्थ्य, उनीहरूको परिवार र समाजमा साँच्चै खतराहरू निम्त्याएको छ ।
स्वास्थ्य मन्त्रालयले ई–चुरोटको आयात, व्यापार र प्रयोगलाई नियन्त्रण गर्न र ई–चुरोट सेवनबाट स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन सबै तहका सम्बन्धित अधिकारीहरूलाई आग्रह गरेको छ ।
यस मुलुकमा विशेषगरी युवाहरूमा ई–चुरोटको प्रयोग बढेपछि मन्त्रालयबाट उक्त चेतावनी आएको हो । रासस/सिन्ह्वा
प्रकाशित: २९ बैशाख २०८१, शनिबार