कारभित्र सामसंगको दुई फ्ल्यागशिप स्मार्टफोनमा आगो लाग्यो, प्रयोगकर्ता सुरक्षित

  • Technology Khabar | २९ जेष्ठ २०७५, मंगलवार
कारभित्र सामसंगको दुई फ्ल्यागशिप स्मार्टफोनमा आगो लाग्यो, प्रयोगकर्ता सुरक्षित

काठमाडौं ।

काठमाडौं । सामसंगको स्मार्टफोन पड्किएको समाचारहरु बेला बेलामा आई नै रहन्छन् । हालै पनि सामसंगको दुईवटा फ्ल्यागशिप स्मार्टफोन पड्किँदा कारमा आगो लागेको घट्ना सार्वजनिक भएको छ ।

अमेरिकी सामसंग यूजर एक महिलाको स्मार्टफोन पड्किँदा उनले चलाईरहेको कारमा आगो लागेको हो ।

ती महिलाकाअनुसार सामसंगको दुई फ्ल्यागशिप स्मार्टफोनमा अचानक आगो लागेको थियो भने सो घट्नामा उनको कार जलेर ध्वस्त भएको थियो ।

एबीसी न्यूजको स्वामित्वमा रहेको डब्लूएक्सवाईजेड डटकम (wxyz.com) काअनुसार नाम नखुलाईएको ती महिलाले प्रयोग गरिरहेको ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ४ फ्ल्यागशिप स्मार्टफोनमा सवारी चलाईरहेको बेला आगो लागेको हो ।

दुबै फोनमा आगो लाग्ने बित्तिकै महिलाले कार रोकेर कारबाट बाहिर आईन् । सो बारेमा उनले नजिकैको प्रहरीलाई जानकारी गराएकी थिईन् ।

सो वेबसाइटसँग कुरा गर्दै उनले भनिन, ‘यो निकै तिब्ररुपमा भयो, स्मार्टफोनहरुमा अचानक आगो लाग्यो । मानिसहरु मलाई कारबाट टाढै बस्न भनिरहेका थिए । यदि म हाईवेमा ट्राफिकमा फसेको बेला निष्कन नसकेको भए के हुन्थ्यो ?’

रिपोर्टकाअनुसार सामसंगले जाँचको लागि एउटा टिम पठाएको छ ।

सामसंगका प्रवक्ताले भने, ‘हामी यो पुरै घट्नाको छानबिन गरिरहेका छौं र यो पत्ता लगाउने प्रयासमा छौं की यी दुबै स्मार्टफोनमा कसरी आगो लाग्यो ?’

सामसंगको नोट सेभेन स्मार्टफोनमा समस्या आउँदा सो फोन प्रयोगमा नै प्रतिबन्ध लगाईएको थियो भने कम्पनीले फोन फिर्ता गरेको थियो ।

माध्यम

प्रकाशित: २९ जेष्ठ २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...