
काठमाडौं ।
२०८१ साल बैशाख २५ गतेबाट सुरु भईरहेको रेडियो अन-व्हील्स रोड-शो कार्यक्रमसँगको सहकार्यमा डिशहोम फाईवरनेटले पनि आफ्नो सेवा-सुविधाहरुको प्रचार-प्रसार गर्ने भएको छ।
यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु हुनेछन जहाँ महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेस लिम्बू प्रस्तोताको भुमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति दिने बताईएको छ।
अन्य थप रोमान्चक गतिविधिहरु हुनेछन् जहाँ सहभागीहरुले विभिन्न खेलहरुमा सहभागी भई पुरस्कारहरु पनि जित्न सक्नेछन।
कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुने रेडियो अन व्हिल बैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते बिराटनगर, ३० गते जनकपुर, ३१ गते बिरगंज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भई समापन हुनेछ।
कार्यक्रमले देशैभर हजारौं जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ। डिशहोमले आउँदो टी२० र युरो २०२४ लाई लक्षित गरी देशको विभिन्न १५ ओटा शहरहरुमा रोड-शो गरेको जनाएको छ।
प्रकाशित: २५ बैशाख २०८१, मंगलवार