Technology Khabar २५ बैशाख २०८१, मंगलवार
काठमाडौं ।
जापानी कन्सोर्टियमले हालै विश्वको पहिलो उच्च गतिको सिक्सजी प्रोटोटाइप डिभाइस अनावरण गरेको छ। यसले ३०० फीट भन्दा बढि कभर गरी १०० गिगाबिट्स प्रति सेकेन्ड (जीबीपीएस) मा डाटा ट्रान्समिट गर्नसक्ने उल्लेख छ।
यो हालको फाईभजी प्रविधिको तुलनामा २० गुणाले सुधार हो।
यो प्रोटोटाइप डिभाइस डोकोमो, एनटीटी कर्पोरेशन, एनईसी कर्पोरेशन र फुजित्सु लगायत जापानका प्रमुख दूरसञ्चार कम्पनीहरू बीचको सहकार्यको परिणाम भएको उल्लेख छ।
गत अप्रिल ११ तारिखमा यस प्रोटोटाइप डिभाइसको सफल परीक्षण नतिजाहरूको घोषणा गरिएको थियो। साथै यो प्रोटोटाइप डिभाइसले इनडोरमा १०० गीगाहर्ज ब्यान्ड प्रयोग गरेर र आउटडोरमा ३०० गीगाहर्ज (जीएचजेड) ब्यान्ड प्रयोग गरेर १०० जीबीपीएसको गति हासिल गर्न सक्ने कम्पनीहरूले खुलासा गरेका छन्।
यी परीक्षणहरू ३२८ फीट (१०० मिटर) को दूरीमा सञ्चालन गरिएको कन्सोर्टियम प्रतिनिधिहरूले बताएको रिपोर्टमा उल्लेख छ।
डिभाइसमा हासिल भएका गतिहरू धेरै नै प्रभावशाली भएको हुनाले यसले थप रुपमा अपेक्षाहरू उच्च बनाएको बताईएको छ। यो सिक्सजी सिङ्गल डिभाइसमा मात्र परीक्षण गरिएको र यो व्यावसायिक रूपमा व्यवहार्य नेटवर्क नभएको जनाइएको छ।
कनेक्टिभिटीमा हालको गोल्ड स्ट्याण्डर्ड फाईभजीको सैद्धान्तिक अधिकतम गति १० जीबीपीएस रहेको छ। यद्यपि, वास्तविक संसारमा यसको गति सामान्यतया धेरै कम भएको र अमेरिकामा टी–मोबाइल प्रयोगकर्ताहरूको लागि लगभग २०० मेगाबिट प्रति सेकेन्ड (एमबीपीएस) को औसत भएको उल्लेख गरिएको छ।
रिपोर्टअनुसार, यस्तो प्रकारको लो स्पिड (कम गति) को एक कारण भनेको फाईभजीले प्रयोग गर्ने गरेको उच्च फ्रिक्वेन्सी ब्यान्डहरू रहेका छन्। उच्च फ्रिक्वेन्सी ब्यान्डहरूका सिग्नलले यात्रा गर्न सक्ने दूरीलाई सीमित गर्ने र यसको पेनिट्रेशन शक्तिलाई कम गर्ने उल्लेख गरिएको छ।
सिक्सजीले यसलाई एक कदम अगाडि लैजाने छ र फाईभजी भन्दा पनि थप उच्च फ्रिक्वेन्सी ब्यान्डहरू प्रयोग गर्दछ। तसर्थ यसले गर्दा सिक्सजी डिभाइसहरूलाई फास्टर (छिटो) डाउनलोडहरुको लागि आवश्यक फ्रिक्वेन्सीहरू प्राप्त गर्न अझ गाह्रो हुने जनाइएको छ।
उदाहरणका लागि, परीक्षणहरू ३२८ फिट (१०० मिटर) को दूरीमा कन्डक्ट गरिएको थियो। त्यसैले पर्खाल र वर्षा जस्ता कारकहरूले सिक्सजी संकेतहरूलाई उल्लेखनीय रूपमा बाधा पुर्याउन सक्ने बताईएको छ।
फोरजीबाट फाईभजीको रुपान्तरण भिडियो स्ट्रिमिङ र मोबाइल ब्राउजिङ जस्ता गतिविधिहरूको लागि डाटा क्षमता बढाउनमा केन्द्रित हुँदा, सिक्सजी नेटवर्कहरूले पूर्ण रूपमा नयाँ सम्भावनाहरू अनलक गर्न सक्ने अपेक्षा गरिएको छ।
गतिको वृद्धिसँगै, सिक्सजीले रियल–टाइम होलोग्राफिक संचार र इमर्सिभ भर्चुअल एण्ड मिक्स्ड–रियालिटी एक्सपिरियन्सहरू जस्ता चीजहरू सक्षम गर्न सक्ने थप उल्लेख छ।
यद्यपी, ती सबैको लागि अझै धेरै गर्न आवश्यक रहेको र त्यसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पूर्वाधार हो। यसका लागि सेल टावरहरूको पूर्ण ओवरहल र यस प्रविधिलाई मुख्यधारा बन्नु अघि बिल्ट–इन सिक्सजी एन्टेनाहरू भएका फोनहरूको नयाँ पुस्ता आवश्यक पर्ने गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।
प्रकाशित: २५ बैशाख २०८१, मंगलवार