इन्ड्राइभ र आईएमई पेबीच भुक्तानी सम्झौता

  • Technology Khabar | २४ बैशाख २०८१, सोमबार
इन्ड्राइभ र आईएमई पेबीच भुक्तानी सम्झौता

काठमाडौं ।

ग्लोबल मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभ र आईएमई पेबीच भुक्तानी सम्झौता भएको छ। यस सम्झौतासँगै इन्ड्राइभको आधिकारिक भुक्तानी साझेदारको रुपमा आईएमई पे नियुक्त भएको छ।

इन्ड्राइभका तर्फबाट पीआर कम्युनिकेसन लिड पभितनन्दा आनन्द तथा इन्ड्राइभ नेपालका डाइरेक्टर रिता पोखरेल र आईएमई डिजिटलका सीईओ प्रबिन रेग्मी तथा आईएमई लिमिटेडका सीईओ खिलेन्द्र पौडेलको उपस्थितिमा एमओयू भएको हो।

यस सम्झौतासँगै इन्ड्राइभरका प्रयोगकर्ताले आईएमई पे मार्फत सहजै भुक्तानी गर्न सक्ने जानकारी दिईयो।

प्रकाशित: २४ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...