
काठमाडौं ।
काठमाडौं । ओपोले ‘समर सेल्फी कन्टेष्ट’ को घोषणा गरेको छ । कम्पनीले आफ्ना देशभर रहेका उपभोक्ता लक्षित गर्दै सेल्फी कन्टेष्टको घोषणा गरेको हो । समर सेल्फी कन्टेष्टमा ओपोको कुनैपनि स्मार्टफोन मोडल खरिद गर्ने उपभोक्ता सम्मिलित हुनसक्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीकाअनुसार प्रतियोगिताको आयोजना दूई चरणमा गरिनेछ । पहिलो चरणको प्रतियोगिता जुन ४ देखि १० सम्म चल्नेछ । त्यसैगरी, दोस्रो चरणको प्रतियोगिता भने जुन ११ देखि १७ सम्म आयोजना गरिने छ ।
दुबै चरणबाट नेपालभरका १०–१० जना विजेताको छनोट गरिने कम्पनीले जानकारी दिएको छ । यसरी छानिएका विजेताहरुलाई ओपोको तर्फबाट आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
कम्पनीद्वारा मासिक रुपमा आयोजना गरिने सामाजिक सञ्जाल क्याम्पेनको सिरिज अन्तर्गत यो कन्टेष्टको आयोजना गरिएको हो ।
क्याम्पेनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘हाम्रा हरेक कन्टेष्टमा उल्लेख्य सहभागिता जनाई हामीलाई प्रोत्साहन प्रदान गर्नुहुने समस्त उपभोक्ता प्रति हामी कृतज्ञ छौँ । हामी आदरणिय उपभोक्तालाई यसको निरन्तरताका लागि अनुरोधका साथै क्याम्पेनका लागि शुभकामना ब्यक्त गर्छौँ ।’
कसरी सहभागी हुने ?
प्रतियोगितमा सहभागिता जनाउन उपभोक्ताले आफुले खरिद गरेको ओपो फोनबाट पहिलो सेल्फी खिचेर आफ्नो फेसबुक पेजमा ह्यासट्याग #OPPOSUMMERNP” सहित अपलोड गर्नु पर्नेछ । यसरी पोष्ट गरिएका तस्विर मध्ये सर्वाधिक लाइक्स पाउन सफल २० जनालाई भाग्यशाली विजेता घोषित गरिने कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित: २७ जेष्ठ २०७५, आईतवार