
काठमाडौं ।
एउटा तारा विस्फोट हुन लागेको खगोलविदहरुले बताएका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार विस्फोटका कारण आकाशमा चमक देखिनेछ। तारा अहिलेदेखि सेप्टेम्बरको अवधिबीच कुनै पनि समयमा विस्फोट हुन सक्छ।
विस्फोट हुने ठाउँ पृथ्वीबाट ३ हजार प्रकाश वर्ष टाढा छ। नासाले यस्तो घटना वर्षौंमा एकपटक हुने र यसले शौखिन खगोलविद्हरूलाई अन्तरिक्षको विशेष दृश्य खिच्ने अवसर दिने बताएको छ।
एक रिपोर्टअनुसार नोभा नामक स्टार सिस्टममा विस्फोट हुनेछ। यो यति ठूलो हुन सक्छ कि संभवत यसलाई नाङ्गो आँखाले पनि देख्न सकिनेछ। नोभा हाम्रो ब्रह्माण्डको कोरोना बोरेलिस नक्षत्रमा अवस्थित छ।
नासाको मेटियोरोइड वातावरण कार्यालय (एमईओ) का प्रमुख बिल कुकले यस सम्भावित विस्फोटको बारेमा फक्स न्यूजसँगको कुराकानीमा भने, ‘हामीलाई त्यसको समयबारे त्यति थाहा छैन जति ग्रहणको बारेमा थाहा छ। जतिबेला यो हुन्छ, यो यस्तो हुनेछ कि, जुन तपाईले याद गर्नुहुनेछ।”
विस्फोट हुन लागेको तारा बाइनरी सिस्टममा बाँधिएको छ। यस्तो प्रणालीमा एक विशाल तारा र एक सेतो बामपुड्के तारा हुन्छ। वैज्ञानिकहरुकाअनुसार, हालको अवस्थामा, ठूला ताराले सेतो बामपुड्केको सतहमा सामग्री फ्याँकिरहेको छ, किनकि दुईओटा कक्ष एक अर्काको धेरै नजिक छन्।
सामग्री डम्पिङका कारण बामपुड्के ताराको तापक्रम बढ्दै गएको छ। रिपोर्टका अनुसार यस्तो हुँदा, त्यसमा थर्मोन्यूक्लियर विस्फोट हुन थाल्छ। अन्ततः यसले ती सबै सामग्रीलाई अन्तरिक्षमा उडाउनेछ र धेरै उज्यालो हुनेछ, पहिलेको भन्दा सयौं गुणा उज्यालो हुनेछ। विष्फोटको समयमा आकाशमा हुने परिवर्तन नाङ्गो आँखाले पनि देख्न सकिने वैज्ञानिकहरुको अनुमान छ।
विशेष कुरा यो हो कि नोभा तारा प्रणालीले आफ्नो सामग्री एकै पटक उडाउँदैन, यसले यस्तो हरेक ७९ वर्षमा गर्दछ।
प्रकाशित: १८ बैशाख २०८१, मंगलवार