फर्जी लाइसेन्स प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधि अधिकृत पक्राउ

Technology Khabar १७ बैशाख २०८१, सोमबार

काठमाडौं ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधि शाखाका अधिकृतलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सूचना प्रविधि अधिकृत सुरजप्रकाश अर्याल रहेको ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका छन्।

फर्जी लाइसेन्स वितरणमा संलग्न रहेको पाइएपछि अर्याललाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको हो। यातायात व्यवस्था विभागमा कार्यरत रहँदा फर्जी लाइसेन्स बनाउने काममा अर्यालको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको ब्युरोले जनाएको छ।

यस प्रकरणमा प्रहरीले शनिबार यातायात व्यवस्था विभागका पूर्वकरारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो।

यातयात व्यवस्था विभागले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा उनीहरुलाई थप अनुसन्धान लागि पक्राउ गरिएको सिआइबीले जनाएको छ।

पक्राउ परेका भट्ट र अर्यालविरुद्ध लिखत किर्तेसम्बन्धी कसुरमा अदालतबाट अनुमति लिई अनुसन्धान अघि बढाउने ब्युरोले जनाएको छ।

प्रकाशित: १७ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया