गुगल इन्डियाना र भर्जिनियाको डाटा सेन्टरमा ३ बिलियन डलर लगानी गर्ने योजनामा

  • Technology Khabar | १७ बैशाख २०८१, सोमबार
गुगल इन्डियाना र भर्जिनियाको डाटा सेन्टरमा ३ बिलियन डलर लगानी गर्ने योजनामा

काठमाडौं ।

अल्फाबेट यूनिट गुगलले इन्डियानामा डाटा सेन्टर क्याम्पस स्थापना गर्न र भर्जिनियामा साइटहरू विस्तार गर्न ३ बिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको शुक्रबार बताएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स एप्सको वृद्धिले क्लाउड कम्प्युटिङको माग बढाएको छ। जसले बिग टेक फर्महरूलाई आफ्नो डाटा सेन्टर क्षमता विस्तार गर्न प्रेरित गरेको छ।

बिहीबार, अमेजन डटकमको क्लाउड कम्प्युटिङ आर्मले इन्डियानामा नयाँ डाटा सेन्टरहरू र एक हजार रोजगारी सिर्जना गर्न ११ बिलियन अमेरिकी डलर प्रतिबद्ध गरेको छ।

गुगलले फोर्ट वेनस्थित इन्डियाना क्याम्पसका लागि २ बिलियन अमेरिकी डलर र भर्जिनियामा अवस्थित तीन ओटा डाटा सेन्टर क्याम्पसहरू विस्तार गर्न १ बिलियन अमेरिकी डलर लगानी गर्नेछ।

कम्पनीले शुक्रबार अमेरिकीहरूलाई एआई सीपहरूमा तालिम दिनको लागि ७५ मिलियन अमेरिकी डलर गुगल एआई अवसर कोष पनि घोषणा गरेको छ।

प्रकाशित: १७ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...