Technology Khabar १६ बैशाख २०८१, आईतवार
काठमाडौं ।
आजदेखि सुरु भएको लगानी सम्मेलनमा सूचना प्रविधिका क्षेत्रले पनि प्रमुख स्थान पाएका छन। वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनमा सूचना प्रविधिका पाँच परियोजनाले स्थान पाएका हुन्।
लगानी बोर्डका अनुसार सम्मेलनमा डाटा सेन्टर प्रोजेक्ट, ल्यापटप एसेम्बली प्लान्ट, मोबाइल एसेम्बली प्लान्ट, डिजिटल ट्रेनिङ सेन्टर र आईटी/टेक्नो पार्क (इन्फर्मेसन टेक्नोलोजी डेभलपमेन्ट पार्क) प्रदर्शन गरिनेछ।
बोर्डले लगानीका लागि सम्भावना भएका क्षेत्रका रुपमा यी पाँच आईसीटी परियोजना प्रदर्शन गर्दैछ।
यी परियोजनाका सम्बन्धमा बोर्डबाट वृहत अध्ययन अनुसन्धान भएको छैन।
आईसीटी क्षेत्र नेपालमा लगानीका लागि खुल्ला रहेको सन्देश दिन बोर्ड पाँच परियोजना प्रदर्शनमा राख्ने निर्णयमा पुगेको हो।
प्रकाशित: १६ बैशाख २०८१, आईतवार