Technology Khabar १३ बैशाख २०८१, बिहीबार
काठमाडौं ।
नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
बुधबार बसेको न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पौडेलसहित उनका दाजु अनिल पौडेलविरुद्ध वैशाख ९ गते गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो। सरकारी सेवामा रहेको अवधिमा उनले आर्जन गरेको सम्पत्तिमध्ये तेइस करोड पचहत्तर लाख छयालीस हजार तीन सय चौबीस रुपैँयाको स्रोत नखुलेको अख्तियारको दाबी थियो।
यसअघि उनी अख्तियारको हिरासतमा रहेका थिए।
पौडेललाई नेशनल पेमेन्ट गेटवेको प्रणाली खरिदमा पनि विशेष अदालतले दोषी ठहर गरेको थियो।
प्रकाशित: १३ बैशाख २०८१, बिहीबार