एप्पलका सीईओ टिम कुक प्रयोगकर्तालाई भेट्न र आपूर्तिकर्तासँग सम्बन्ध बढाउन भियतनाम पुगे

Technology Khabar ३ बैशाख २०८१, सोमबार

काठमाडौं ।

एप्पलका सीईओ टिम कुक आइफोन निर्माताको लागि मुख्य निर्माण केन्द्र भियतनामको दुई दिने भ्रमण सुरु गर्दै सोमबार हनोई आइपुगेका छन्। यस अवधिमा उनले विद्यार्थी र सामग्री सिर्जनाकर्ताहरूलाई भेट्ने अपेक्षा गरिएको राज्य मिडियाले उल्लेख गरेको रोयटर्सले रिपोर्ट गरेको छ।

अनलाइन पत्रिका भियतनाम नेटका अनुसार कुकले एप्पल उत्पादनका प्रयोगकर्ताहरूसँग पनि भट्ने र उनीहरुले कसरी काम गरिरहेका छन् भन्ने पनि बुझ्नेछन्।

एप्पलले स्थानीय आपूर्तिकर्ताहरू, सफा पानी परियोजनाहरू र शिक्षाका अवसरहरूसँग आफ्नो सम्बन्धलाई बढावा दिइने कुकले यात्राको क्रममा भनेका छन्।

गत हप्ता, ६० भन्दा बढी मानव र वातावरणीय अधिकार निकायहरूले एक पत्रमा एप्पललाई भियतनामद्वारा जलवायु विज्ञहरूलाई हिरासतमा लिइएकोमा दबाब दिएका थिए। कार्यकर्ता संगठनहरूले यसको म्यानूफ्याक्चरिङ लिंकलाई देखाएर यस विषयमा ध्यान दिन गर्न आग्रह गरेका थिए।

प्रकाशित: ३ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया