Technology Khabar २१ जेष्ठ २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । स्मार्टफोनको संसारमा हरेक दिन नयाँ नयाँ प्रविधिको आविश्कार भईरहेको छ । स्मार्टफोनमा प्रयोग हुने डिस्प्लेमा पनि नयाँ नयाँ फीचरहरुको प्रयोग हुँदै आएको छ । टचस्क्रीन फोनको शुरुवातीसँग मोबाइल फोनको स्क्रीन/डिस्प्लेको गुणस्तर वृद्धिमा ध्यान दिन थालिएको हो । न्यून मूल्यमा डिस्प्लेमा क्रिस्प टेक्स्ट, बाइभ्रेन्ट तस्वीरहरु, ब्लअर फ्री भिडियो तथा पर्याप्त ब्राइटनेसको अपेक्षा गरिन्छ ।
कम्पनीहरुले आफ्नो स्मार्टफोनको स्तर र बजेटअनुसार विभिन्न किसिमका डिस्प्लेहरु फोनमा प्रयोग गर्ने गरेका छन् । बजारमा फरक फरक किसिम र गुणस्तरका डिस्प्लेसहितका स्मार्टफोनहरु उपलब्ध छन् । यी डिस्प्लेहरुको मूल्य र स्तरअनुसार गुणस्तर, डिजाइन र फीचरहरु राखिएको हुन्छ ।
तपाईँ जस्तै अरु ग्राहकहरुले पनि स्मार्टफोन खरिदगर्नुभन्दा पहिले डिस्प्लेको बारेमा जान्न चाहन्छन् । त्यसैले हामी अहिले प्रयोगमा रहेका डिस्प्ले र त्यसको फीचरको बारेमा जानकारी दिने प्रयास गरिरहेका छौं ।
टिएफटी एलसीडी (TFT LCD)
थिन फिल्म ट्रान्जिस्टर प्रविधि एलसीडी मोबाइल फोनमा सामान्यतया प्रयोग हुने गर्दथ्यो र टिएफटी एलसीडीले सामान्य किसिमको इमेज क्वालिटी र अधिक रिजोल्यूशन दिन्छ । यसको भ्यूईंग एंगल त्यति राम्रो हुँदैन् । साथै घामको उज्यालो प्रकाशमा सिधै राख्दा यसमा स्पष्ट देखिँदैन् । ठूलो साइजको टिएफटी डिस्प्लेले अधिक ब्याट्री खपत गर्दछ र ब्याट्री फ्रेण्डली हुँदैन् । तर यो सस्तो विकल्पको डिस्प्ले हो जसले गर्दा कम्पनीहरुले अधिक मात्रामा बजेट फोनहरुमा यो डिस्प्ले प्रयोग गर्ने गर्दछन् । आजकाल यो बजेट फोन र सस्तो मूल्यका स्मार्टफोनहरुमा धेरै प्रयोग हुने गर्दछ ।
आइपीएस एलसिडी (IPS LCD)
आइपीएसको अर्थ इन प्लेस स्विचिंग । आइपीएस एलसिडी टिएफटीको तुलनामा निकै राम्रो डिस्प्लेको रुपमा लिने गरिन्छ । यो डिस्प्लेलाई तपाईँले कुनैपनि एंगलबाट हेर्दा स्पष्टरुपमा देख्न सक्नुहुन्छ । यसका साथै यो आइपीएस एलसिडीले कम ब्याट्री खपत गर्दछ, जसले गर्दा मोबाइलमा ब्याट्री लाइफ बढ्दछ । आइपीएस एलसिडी टिएफटी एलसीडीभन्दा महंगो हुन्छ । यसमा कलर्स अधिक मात्रामा सहितरुपमा देखिन्छ तर अमोलेड डिस्प्लेको तुलनामा भने कलर्स कम स्पष्ट हुन्छ ।
ओएलईडी (OLED)
ओएलईडीको पुरा अर्थ अर्गानिक लाइट इमिटिंग डायोड हो । यो नयाँ प्रविधियुक्त डिस्प्ले हो जून आजभोली मोबाइल फोन र मनिटरको रुपमा प्रयोग भईरहेको छ । यसमा प्रविधिगतरुपमा १ कण्डक्टिंग शीट्स (क्याथोड र एनोड) को बीचमा कार्बन आधारित अर्गानिक म्याटेरियल भरिन्छ । त्यसपछि यसलाई दुबैतर्फबाट बन्द गरिन्छ । जब यी दुबै शीट्सको माथि इलेक्ट्रिक पल्स लाग्छ भने बीचमा भरिएको कंडक्टद्धारा लाइट बन्दछ । डिस्प्लेको ब्राइटनेस तथा कन्ट्रास्ट इलेक्ट्रिक पल्समाथि निर्भर गर्दछ ।ओएलईडी र एलसीडीबिच तुलना गर्दा ओएलईडी निकै उच्च तहको मानिन्छ ।
एमोलेड(AMOLED)
एमोलेडको अर्थ एक्टिभ म्याट्रिक्स अर्गानिक लाइट इमिटिंग डायोड हो । यो पनि एक किसिमको ओएलईडी डिस्प्ले नै हो, जून हाल निकै प्रयोगमा रहेको छ । यो विशेष गरेर महंगो स्मार्टफोनमा प्रयोग भईरहेको छ । ओएलईडीको जस्तै यो पनि उच्च गुणस्तरीय डिस्प्ले हो जसमा रंगहरुको उत्कृष्ट संयोजन, लाइट वेट, ब्याट्री मैत्री जस्ता विशेषताहरु छन् । यो डिस्प्लेको मुख्य विशेषता भनेको यसको ब्ल्याक्स डीप हुन्छ । बुझ्ने भाषामा भन्दा कालो रंग पुर्णरुपमा कालो प्रतीत हुन्छ भने कलरहरु सहितरुपमा देखिन्छन् ।
सूपर एमोलेड (super AMOLED)
हाल सामसंगले फ्ल्यागशिप स्मार्टफोन र मिडरेन्जका फोनहरुमा यो डिस्प्ले प्रयोग गरिरहेको छ । यो एमोलेडको परिस्कृत भर्सन हो, जून सामसंगले सुपर एमोलेडको नाममा उत्पादन गर्ने गर्दछ । यो डिस्प्ले सामसंगले आविश्कार गरेको ओएलईडीको परिस्कृत भर्सनको डिस्प्ले हो । यसमा हेरिने तस्विरहरुको रंग संयोजन उत्कृष्ट हुन्छ भने यसले ब्याट्री पनि कम खपत गर्दछ ।
कुनैपनि स्मार्टफोनमा डिस्प्ले नै टचस्क्रीन हो । टचस्क्रीन दुई प्रकारको हुन्छ ।
क्यापासिटिभ टचस्क्रीन (Capacitive touchscreen)
क्यापासिटिभ टचस्क्रीन टेक्नोलोजीमा एउटा ग्लासको लेयर हो,जसमा ट्रान्सप्यारेन्ट कण्डक्टरको कोटिंग गरिएको हुन्छ । जब क्यापासिटिभ टचस्क्रीनलाई ह्यूमन टच गरिन्छ, त्यसबेला प्रेशर बन्दछ । यो एक प्रकारको इलेक्ट्रोस्टेटिक फील्ड हो । र यसको माध्यमबाट क्यापासिटिभमा परिवर्तनको पहिचान गरिन्छ । त्यसपछि यसको पहिचान एउटा मोबाइलको प्रोसेसर चिपद्धारा गर्दछ । अघिल्लो प्रकृयामा यस्तो टचलाई मोबाइल सफ्टवेयरसम्म पुर्याईन्छ, जहाँ मानिसद्धारा गरिएको टच आइडेन्टिफाई भएर कामगर्दछ ।
यसबाहेक अर्को रेटिसिभ टचस्क्रीन हुन्छ जून सामान्यतया स्मार्टफोनमा प्रयोग हुँदैन् । यो प्रविधि आजभोली एटीएम मेशिनहरुमा प्रयोगमा रहेको छ ।
प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार