कृषि विकास बैंकका ग्राहकहरुले एडिबिएल स्मार्ट एपबाट तत्कालै कर्जा प्राप्त गर्न सक्ने

  • Technology Khabar | २४ चैत्र २०८०, शनिबार
कृषि विकास बैंकका ग्राहकहरुले एडिबिएल स्मार्ट एपबाट तत्कालै कर्जा प्राप्त गर्न सक्ने

काठमाडौं ।

बढ्दो डिजिटल प्रबिधिको माग तथा प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच तथा समावेशीकरण तर्फको पहल अन्तर्गत, कृषि विकास बैंक लिमिटेडले एडिबिएल स्मार्ट प्लस एप मा कर्जाको नयाँ सुविधा शुरु गरेको छ।

यस सुविधा मार्फत, योग्य ग्राहकले रु.२ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ्ख एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन्।

कृषि विकास बैंक लि मा तलवी प्रकारका खाता भएका योग्य ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन भने पूर्व भुक्तानको विकल्प पनि रहने जानकारी दिईएकोछ।

एडिबिएल इन्स्ट्यान्ट फोनलोन योग्य ग्राहकहरुले ‘बाई नाउ, पे लेटर’ सुविधा पनि प्राप्त गर्न सक्ने छन् । बाई नाउ, पे लेटर सुविधाको प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ। यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ। त्यसैगरी ग्राहकहरुले ‘कन्भर्ट टू ईएमआई’ सुविधा पनि प्राप्त गर्न सक्नेछन् जस अन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्नेछन्।

यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ख एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग एडिबिएल इन्स्ट्यान्ट फोनलोनमा दर्ता गर्न सक्नेछन्। कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा सफ्टवेयर मार्फत तय गरिने बताईएको छ।

फोनलोनका प्रमुख कार्यकारी अधिकृत, सागर शर्मा भन्छन्, “फोनलोन मार्फत डिजिटल लोन प्रदान गरी लोन प्रक्रियालाई सहज गर्ने र आर्थिक आवश्यकताहरूमा तुरन्तै आफ्नो मोबाइल बैंकिङ्गबाटै लोन उपलब्ध गरी ग्राहकलाई सजिलो बनाउनु हो। साथै ग्राहकहरुले बैंक नगई र बिना धितो जुनसुकै बेला पनि लोन लिन सक्छन्।”

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ भन्छन्, “हाम्रो मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई सहज सुविधा प्रदान गर्ने हो । एडिबिएल स्मार्ट प्लस एप मा फोनलोनको सुचारु भएसंगै अब लोन लिन बैंक आउनु नपर्ने र बिना कुनै कागजात र धितो ग्राहकहरुले रु. २ लाख सम्मको लोन आफ्नै मोबाइल बैंकिङ्गबाटै लिन सक्नुहुनेछ।ू

प्रकाशित: २४ चैत्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार