टेस्लाले भारतमा इभी कारखाना स्थापना गर्न साइट खोज्दै

  • Technology Khabar | २३ चैत्र २०८०, शुक्रबार
टेस्लाले भारतमा इभी कारखाना स्थापना गर्न साइट खोज्दै

काठमाडौं ।

सबैभन्दा ठूलो विद्युतीय सवारी (ईभी) कम्पनी मध्येको एक टेस्लाले भारतमा कारखाना स्थापना गर्न साइट खोज्ने तयारी गरेको छ। यसका लागि कम्पनीले यसै महिनाको अन्त्यमा आफ्नो एउटा टोली पठाउनेछ। यस कारखानामा कम्पनीले दुईदेखि तीन अर्ब डलर लगानी गर्न सक्नेछ।

फाइनान्सियल टाइम्सको एक रिपोर्टले टेस्लाले गुजरात, महाराष्ट्र र तमिलनाडु जस्ता राज्यहरूमा ध्यान केन्द्रित गर्ने जनाएको छ, जहाँ अटोमोटिभ उद्योग पहिले नै अवस्थित छ।

कम्पनीको अमेरिका र चीनजस्ता ठूला बजारमा माग घट्दै गएकाले नयाँ बजारमा सम्भावना खोजिरहेको छ। टेस्लाको बिक्री चालू वर्षको पहिलो त्रैमासिकमा ८.५ प्रतिशतले घटेको छ। करिब चार वर्षमा कम्पनीको त्रैमासिक बिक्री वार्षिक आधारमा घटेको यो पहिलो पटक हो। यसले टेस्लाको वृद्धिको बारेमा आशंका बढाएको छ।

गत महिना, भारतको केन्द्रीय सरकारले न्यूनतम ५० करोड डलर लगानी गर्ने ईभी कम्पनीहरूको लागि आयात कर घटाएको थियो।

भारतको ईभी बजारमा स्थानीय अटो कम्पनी टाटा मोटर्स पहिलो स्थानमा छ। गत वर्ष कुल कार बिक्रीको करिब दुई प्रतिशत ईभीले ओगटेको थियो। सरकारले सन् २०३० सम्ममा ३० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।

यस बजारमा टेस्लाको प्रवेशले लगानी बढाउन सक्ने विश्लेषकहरू बताउँछन्। अटो पार्टस निर्माताहरू पनि यसबाट लाभान्वित हुने बताईएको छ।

प्रकाशित: २३ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २३ चैत्र २०८०, शुक्रबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २३ चैत्र २०८०, शुक्रबार

NOC from Nagarik App

  • २३ चैत्र २०८०, शुक्रबार

E-pension verification system launched

  • २३ चैत्र २०८०, शुक्रबार