मोबाइल फोन हरायो वा चोरी भयो ? यसरी डिलीट गर्नुस् फोनको डाटा

  • Technology Khabar | २० जेष्ठ २०७५, आईतवार
मोबाइल फोन हरायो वा चोरी भयो ? यसरी डिलीट गर्नुस् फोनको डाटा

काठमाडौं ।

काठमाडौं । तपाईँले प्रयोग गरिरहनुभएको मोबाइल फोन कहिँ कतै घुम्न जाँदा हराउने वा चोरी हुन सक्दछ । अधिकांशको फोन यात्रा गर्दा हराउने वा चोरी हुने गर्दछ ।

मोबाइल फोन हराउनु वा चोरी हुनुभन्दा पनि त्यसमा भएको विभिन्न किसिमको तस्विर, भिडियो, डकुमेन्टहरुको चिन्ता तपाईँ हामीलाई हुने गर्दछ,जुन स्वभाविक हो । अहिलको स्मार्टफोनमा हामीमध्ये धेरैजसोले हरेक डकुमेन्ट तथा डाटालाई स्टोर गरेर राख्ने गरेका छौं । यस्तो व्यक्तिगत डाटाहरु कतै दूरुपयोग नहोस र त्यो डाटाहरु अनावश्यकरुपमा प्रयोगमा नआवोस भन्ने चिन्ता फोन हराउनेलाई हुन्छ । यस्तो बेलामा चोरी भएको वा हराएको फोनबाट तपाईँले डाटा डिलीट गर्न सक्नुहुन्छ ।

हराएको वा चोरी भएको एन्ड्रोयडमा आधारित स्मार्टफोनबाट डाटा डिलीट गर्ने केहि उपायहरुको बारेमा हामी तपाईँलाई जानकारी दिने प्रयासमा छौं । यो उपायबाट तपाईँले कन्ट्याक्टमा रहेको फोन नम्बरहरु, म्यासेज, फाइलहरुका साथै सिन्क्रोनाइज्ड गरिएका फोटो, भिडियो, तथा अडियो फाइलहरु पनि डिलीट गर्न सक्नुहुन्छ ।

यो उपाय एन्ड्रोयड फोनमा मात्र उपयोगी हुनेछ । यसको लागि दुईवटा उपायहरु छन जसको लागि तपाईँले गूगल एकाउन्टको प्रयोग गरेर मात्र संभव हुन्छ ।

गूगल रिमोट वाइपको बारेमा थाहा पाउनुस्

यसको लागि रिमोट वाइप तथा वाइप एकाउन्टको विकल्प तपाईँसँग आउँछ । रिमोट वाइप तथा वाइप एकाउन्ट एन्ड्रोयड डिभाइसमा उपलब्ध हुन्छ जसले एन्ड्रोयड वर्कको सपोर्ट गर्दछ । यसको माध्यमबाट तपाईँले हराएको वा चोरी भएको मोबाइल डिभाइसबाट आफ्नो व्यक्तिगत जानकारीहरु हटाउन सक्नुहुन्छ । यसको लागि तपाईँले एन्ड्रोयड डिभाइसमा एउटा वर्क प्रोफाइल सेटअप गर्नुपर्ने हुन्छ ।

यो एन्ड्रोयड २.२ भर्सन भन्दा माथिको भर्सनमा उपलब्ध हुन्छ । एकाउन्टमा भएको कुनैपनि डाटाहरु नष्ट नगरिकन डिभाइसबाट गूगल एप्स डाटा हटाउन प्रयोग हुन्छ ।

यसको माध्यमबाट तपाईले आफ्नो डिभाइसबाट केवल गूगल एप्सको डाटा हटाउन सक्नुहुनेछ भने डिभाइसको आन्तरिक स्टोरेजमा भएको डाटा हटाउन सकिन्छ । यो फोनलाई फ्याक्ट्रि रिसेट गरेजस्तै हो।

यदि तपाईँलाई मेमोरी कार्डमा भएको डाटा समेत डिलीट गर्नुपर्ने आवश्यकता छ भने तपाईँको डिभाइस गूगल सिंक भएको वा डिभाइस पोलिसी कन्फिगर गरेको हुनुपर्दछ ।

यस्तो छ डाटा डिलीट गर्ने प्रकृया

-सबैभन्दा पहिले तपाईले ल्यापटप, कम्प्यूटर वा अन्य डिभाइसमार्फत गूगल एडमिन कन्सोलमा साईन इन गर्नुहोस् ।

-त्यसपछि त्यहाँ डिभाइस म्यानेजमेन्ट अप्शनमा क्लिक गर्नुहोस र मोबाइल डिभाइसमा ट्याप गर्नुहोस् ।

-अब तपाईँले आफ्नो नामको ईमेल एकाउन्टमा विभिन्न डिभाइसहरु लिस्टेड भएको वा सिंक भएको हेर्न सक्नुहुनेछ । यसको अर्थ तपाईँको ईमेल एकाउन्ट प्रयोग गरेर संचालनमा रहेका एन्ड्रोयडमा आधारित डिभाइसको लिस्ट सबै देखिन्छ । अब तपाईँले कुन डिभाइसको डाटा डिलीट गर्न खोज्नुभएको हो त्यसमा ट्याप गर्नुहोस् ।

-त्यसपछि तपाईँ रिमोट वाइप र वाइप एकाउन्टमा ट्याप वा क्लिक गर्नुहोस् ।

-ट्याप गरेपछि दोस्रो बक्समा तपाईँ कुन डिभाइसको डाटा हटाउन वा डिलीट गर्न चाहनुहुन्छ भेरिभाई गर्नुहोस् र क्रमशःप्रकृया पुरा गर्नुहोस् । त्यसपछि डिभाइसलाई वाईप गर्नका लागि ट्याप वा क्लिक गर्नुहोस् ।

-अब तपाईँको चोरी भएको वा हराएको एन्ड्रोयड स्मार्टफोनमा भएका डाटाहरु सबै हट्नेछन् ।

-यो उपायबाट तपाईँले आफ्नो डिभाइसको डाटा ईन्टरनेटमा कनेक्ट भएको बेला जहाँबाट पनि गर्नसक्नुहुनेछ र सबै प्रकृया सकिएपछि तपाईँलाई म्यासेज पनि प्राप्त हुनेछ ।

-तर यसमा ध्यान दिनुपर्ने विषय भनेको तपाईँको हराएको वा चोरी भएको मोबाइल फोन टेलीकम अपरेट वा वाईफाईमार्फत ईन्टरनेटमा जोडिएको हुनुपर्दछ भने तपाईँपनि ईन्टरनेटमा कनेक्ट भएको हुनुपर्दछ ।

ध्यानमा राख्नुस्- हराएको वा चोरी भएको डिभाइस ईन्टरनेटभन्दा बाहिर वा अफलाईनमा भएको बेला भने यो उपायले काम गर्दैैन् ।

प्रकाशित: २० जेष्ठ २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार