फेसबुकले ल्यायो स्लाइड बार जस्ता भिडियो कन्ट्रोल फिचर

Technology Khabar २४ चैत्र २०८०, शनिबार

काठमाडौं ।

फेसबुकको मुख्य कम्पनी मेटाले अझै पनि प्लेटफर्मलाई भिडियो–मैत्री बनाउन प्रयास गरिरहेको छ। फेसबुक एपमा रील्स, लङ्गर कन्टेन्ट (लामो सामग्री) र लाइभ भिडियोहरू समान रूपमा प्रदर्शन गर्नका लागि भनेर कम्पनीले नयाँ भिडियो प्लेयरको घोषणा गरेको छ।

फेसबुकका सबै भिडियोहरू अब फुल–स्क्रिनमा देखा पर्नेछन भने यसमा ल्यान्डस्केप–ओरियन्टेड भिडियोहरू पनि पर्ने जनाइएको छ। यो सबैभन्दा ठूलो परिवर्तनहरू मध्येको एक हो। भिडियोहरू स्वचालित रूपमा भर्टिकल्ली (ठाडो रूपमा) प्ले हुनेछ र अब आफ्नो सम्पूर्ण डिभाइसभरी होरिजन्टल कन्टेन्ट हेर्नको लागि फोनलाई तेर्सो पार्न पनि सकिने छ।

टिकटकका धेरै भिडियोहरू जस्तै, फेसबुकले अब स्क्रिनको बटम (तल्लो भाग) मा एउटा स्लाइडर प्रदान गर्नेछ जसले भिडियो छिटो सार्न दिनेछ।

त्यसैगरी नयाँ अद्यावधिकले नेटफ्लिक्स जस्ता स्ट्रिमरहरूले आफ्ना एपहरूमा अफर गर्ने १० सेकेन्ड अगाडि वा पछाडि जम्प गर्ने विकल्प जस्ता केही समान फिचर्स पनि ल्याएको उल्लेख छ।

मेटाकाअनुसार, तपाईंले अब भिडियो ट्याबमा र तपाईंको फिडमा देखिने सबै लम्बाइको “थप सान्दर्भिक भिडियो सिफारिसहरू” प्राप्त गर्नुहुनेछ।साथै कम्पनीले फेसबुकमा देखिने रील्सको संख्या पनि बढाउने उल्लेख बताएको छ।

भिडियो प्लेयर हाल संयुक्त राज्य अमेरिका र क्यानाडाका एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताहरूका लागि रोल आउट हुँदैछ भने यो नयाँ कन्ट्रोल्स अर्को केही हप्तामा लन्च हुने इनग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: २४ चैत्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया