नयाँ वर्षमा सुपर शोको इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल किन्दा ३० हजार नगद छुट

  • Technology Khabar | २३ चैत्र २०८०, शुक्रबार
नयाँ वर्षमा सुपर शोको इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल किन्दा ३० हजार नगद छुट

काठमाडौं ।

नेपालको लागि सुपर शोको इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी डिलाइफ स्टाइलले नयाँ वर्ष अफर ल्याएको छ। कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरको खरिदमा नगद छुट सहितको एक्सेचन्जमा थप मूल्यांकन सहितको अफर ल्याएको हो।

नयाँ वर्षको अवसरमा सुपर शोकोको मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले ३० हजार रुपैयाँसम्म नगद छुट पाउनेछन्। पुरानो स्कुटर तथा मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मूल्यमा १५ हजार थप मूल्यांकन पाउने छन्।

यसै योजना अन्तर्गत ग्राहकले हरेक स्कुटर तथा मोटरसाइकलको खरिदमा ३ हजार बराबरको गिफ्ट भौचर, १ वर्षको रोड ट्याक्स, हेलमेट, २ वर्षको सर्भिस फ्रि साथै ४ वर्षसम्मको ब्याट्री वारेन्टी सुविधा पाउने छन्।

यो अफर चैत २० गतेदेखि बैशाख ३१ गतेसम्म लागु हुने कम्पनी जानकारी दिएको छ।

सुपर शोकोले हाल नेपाली बजारमा तीन मोडलका स्कुटर तथा दुई मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ।

प्रकाशित: २३ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार