भन्सार छलि गरेर ल्याएका विभिन्न कम्पनीका ८२ थान मोबाईल सेट बरामद

  • Technology Khabar | २२ चैत्र २०८०, बिहीबार
भन्सार छलि गरेर ल्याएका विभिन्न कम्पनीका ८२ थान मोबाईल सेट बरामद

काठमाडौं ।

मकवानपुर प्रहरीले भन्सार छलि गरेर ल्याउँदै गरेको अवस्थामा ७७ लाख मूल्य बराबरको अवैध कपडा र मोवाइल बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा उक्त मूल्य बराबरका समान बरामत गरेको हो।

लोथरबाट हेटौडा आउँदै गरेको बागमती प्रदेश बिएडी ४३७० नम्वरको गाडीलाई मनहरी गाउँपालिका वडा नं. ७ मा चेकजाँच गर्ने क्रममा भन्सार छलि ल्याइएका, बिलबिजक नभएका विभिन्न कपडा, जुत्ता लगायतका २ हजार ७ सय ४४ थान लत्ताकपडा र विभिन्न कम्पनीका ८२ थान मोबाईल सेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बरामद गरिएका मालसमानहरु सहित उदयपुर त्रियुगा नगरपालिका वडा नं.१३ बस्ने बर्ष २८ का चालक राजकुमार चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

KMC hosts three-day workshop on advanced research methods, data analysis, and ethical use of AI

  • Technology Khabar
  • २२ चैत्र २०८०, बिहीबार