कर्मचारीहरुको क्षमता नहुँदा ७० अर्बको सूचना प्रविधि उद्योग धरासायी हुने अवस्थामा पुग्योः सांसद गगन थापा

Technology Khabar २१ चैत्र २०८०, बुधबार

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कर्मचारीहरुको क्षमता नहुँदा ७० अर्बको सूचना प्रविधि उद्योग धरासायी हुने अवस्थामा पुगेको बताएका छ। बुधबार प्रतिनिधि सभाको बैठकमा

राजस्व अनुसन्धान विभागका कर्मचारीहरुले क्षमता नराख्दा कोटिभिटी जस्तो एउटा संस्थालाई मुद्दा दायर गरिएको उनले बताए।

‘कर्मचारीहरुको क्षमता नहुँदा ७० अर्बको नेपालको सूचना प्रविधिको उद्योग धरासायी हुने अवस्थामा पुगेको छ,’ उनले भने, ‘कर्मचारीहरुले नजान्दा र नबुझ्दा यस्तो भएको हो।’

गत सोमबार राजस्व अनुसन्धान विभागले पाँच अर्ब १८ करोड रुपैयाँ बढी राजस्व छली गरेको आरोपमा अमेरिकी सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिको खारेजी प्रक्रिया रोक्न कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएको थियो।

प्रकाशित: २१ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया