
काठमाडौं ।
भारतीय विद्युतीय सवारी कम्पनी ओला इलेक्ट्रिकले ओला एआई फिचर्ससहित भारतको पहिलो अटोनोमस इलेक्ट्रिक स्कुटर ‘ओला सोलो’ ल्याउने भएको छ। कम्पनीले यो भारतको पहिलो अटोनोमस इलेक्ट्रिक स्कुटर हुने दाबी गरेको छ। यो स्कुटर ड्राइभर बिना पनि गुड्नेछ।
कम्पनीले आधिकारिक वेबसाइटमा स्कुटर पेश गर्दै लेखेको छ, ‘ओलो सोलो एक स्कुटर मात्रै हैन। यो ह्वील्समा हुने रिभोल्यूसन हो। प्रविधिसँगै परम्परालाई मिसाउने चालकरहित सवारीले स्मार्ट, सफा र थप अटोनोमस भविष्यको लागि मार्ग प्रशस्त गर्छ।
ओला सोलोमा मल्टीलिंगुल भ्वाइस, फेसियल रिकग्निसन र हेल्मेट एक्टिभेसन, समन मोड, रिलेक्सेसन मोड, ह्युमन मोड र भाइब्रेटिङ सिट अलर्टलगायत फिचर्स छ।
मल्टीलिंगुलअ भ्वाइसः मल्टीलिंगुल भ्वाइस एक्टिभेट गर्दा अगामी स्कुटरमा आर्टिफिसियल भ्वाइस अल टेक्नोलोजी सपोर्ट गर्छ। जसको मद्दतबाट २२ भाषा ओला सोलोले अन्तरक्रिया गर्न सक्छ।
फेसियल रिकग्निसन र हेल्मेट एक्टिभेसनः थप सुरक्षा र सुरक्षाको अनुभुति प्रदान गर्न स्कुटरमा फेसियल रिकग्निसन र हेल्मेट एक्टिभेसन फिचर्स दिइएको हो।
समन मोडः ओला एपमा गएर यस फिचर्स प्रयोग गर्न सकिन्छ। यसका माध्यमबाट ओला सोलो ड्राइभर बिना गुड्छ।
रिलेक्सेसन मोडः ओला सोलोको ब्याट्री सकिन लाग्दा यस मोडमा नजिक रहेको चार्जिङ स्टेशन सर्च गर्न मद्दत गर्छ।
ब्राइब्रेटिङ सिट अलर्टः सम्भावित खतरा वा अगामी टर्नका लागि सिटमा थोरै ब्राइब्रेसन महसूस हुनेछ।
प्रकाशित: २१ चैत्र २०८०, बुधबार