अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको सोशल मिडिया कम्पनीले गत वर्ष ५८.२ मिलियन डलर गुमायो

  • Technology Khabar | २० चैत्र २०८०, मंगलवार

काठमाडौं ।

आकर्षक स्टक मार्केट डेब्यू भएको एक हप्ता भन्दा कम समय पछि, डोनाल्ड ट्रम्पको सोशल मिडिया कम्पनीले गत वर्ष लगभग ५८.२ मिलियन डलर गुमाएको बताएको छ। आम्दानी जानकारीका कारण यसको स्टक २१ प्रतिशत भन्दा बढी खस्क्यो।

ट्रम्प मिडिया एण्ड टेक्नोलोजी समूह जसको प्रमुख उत्पादन ट्रुथ सोसल हो। २०२३ मा पूर्व राष्ट्रपतिको कम्पनीले २०२२ को लागि रिपोर्ट गरेको ५०.५ मिलियन डलरको नाफाको तुलनामा एकदमै गिरावट आएको धितोपत्र नियामकहरूसँग फाइलिङ्गमा कम्पनीले जनाएको छ।

ट्रम्प मिडियाको राजस्व २०२३ मा ४.१ मिलियन डलरमा आएको एसईसी फाइलिङले देखाउँछ, यद्यपि त्यो २०२२ मा १.५ मिलियन भन्दा बढि हो।

डिजिटल वर्ल्ड एक्विजिसन कर्पोरेशन नामक ब्ल्याक-चेक कम्पनीसँग मर्ज भएपछि, ट्रम्प मिडियाले नास्डाक स्टक बजारमा टिकर प्रतीक डीजेटी अन्तर्गत मार्च २६ मा व्यापार गर्न थालेको छ।

ट्रम्प मिडियाको सेयर व्यापारको पहिलो दुई दिनमा बढ्यो – एक बिन्दुमा ७९ डलरलाई पार गर्यो तर पछि ४९.९५ डलरको प्रारम्भिक प्रस्ताव मूल्यको नजिक खसेको थियो।

प्रकाशित: २० चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २० चैत्र २०८०, मंगलवार