Technology Khabar १९ चैत्र २०८०, सोमबार
काठमाडौं ।
सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो नेपाली नयाँ वर्ष २०८१ को सुअवसर पारि सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको छ।
ग्राहकहरुले यही १९ चैत, २०८० देखि १८ वैशाख, २०८१ सम्म रहने यस योजना अवधि भित्र खरिद गरिने सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुटको मजा लिन सक्नेछन्, साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने शानदार मौका पाउने बताएको छ।
नयाँ वर्षको विशेष अफरमा ग्राहकहरूले चयन गर्ने सेगवे इ–स्कुटरका मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्त गर्न सक्नेछन्, विशेष गरी, ई१२५ र ई११०एल मा रु.२५,००० सम्म, ई १०० मा रु.२०,००० सम्म र एन १०० रु.१५,००० सम्म विशेष नगद छुट प्राप्त गर्न सक्नेछन् ।
यसका साथै थप, सेगवले ग्राहकहरूलाई प्रतिष्ठित क्लब हिमालय नगरकोटमा १–रात २–दिनको बसाइ र स्कूटरका एक्सेसरीजहरू जित्ने मौका प्रदान गर्ने बताईएको छ।
ग्राहकहरू उपत्यका भित्रका राइजिङ मल, दरबारमार्ग, झम्सीखेल, ललितपुर र सल्लाघारी–भक्तपुर लगायत उपत्यका बाहिरका शोरुमहरुमा गई यो योजनाको फाइदा लिनसक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: १९ चैत्र २०८०, सोमबार