Technology Khabar १८ चैत्र २०८०, आईतवार
काठमाडौं ।
संयुक्त राज्य अमेरिकाको निजी क्षेत्रको स्पेसएक्स कम्पनीले शनिबार २३ ओटाभन्दा बढी स्टारलिङ्क भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।
स्पेस–एक्सका अनुसार, अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स स्टेसनबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो ।
कम्पनीले फाल्कन ९ नामक रकेट मार्फत् २३ वटा स्टारलिङ्क भूउपग्रह प्रक्षेपण गरेको जनाएको छ।
स्टारलिङ्क भूउपग्रहहरुले पृथ्वीका दुर्गम क्षेत्र र इन्टरनेटको पहुँच कमजोर भएका क्षेत्रहरुमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको भनाई छ । रासस/सिन्ह्वा
प्रकाशित: १८ चैत्र २०८०, आईतवार