‘इन्टरनेट प्रविधि शक्तिशाली बनेसँगै गलत सूचना प्रवाह हुनसक्नेतर्फ सचेत हुन जरुरी’

  • Technology Khabar | १८ चैत्र २०८०, आईतवार
‘इन्टरनेट प्रविधि शक्तिशाली बनेसँगै गलत सूचना प्रवाह हुनसक्नेतर्फ सचेत हुन जरुरी’

काठमाडौं ।

बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले समयक्रमसँगै इन्टरनेट प्रविधि शक्तिशाली बनेको बताउँदै गलत सूचना प्रवाह हुनसक्ने चुनौतीतर्फ सचेत हुन आवश्यक रहेको बताए।

शनिवार प्रदेशसभा सचिवालयको आयोजनामा भएको सञ्चारकर्मीसँग अन्तरक्रियामा उनले प्रविधिको सही प्रयोगमार्फत समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन सकिने धारणा राखे।

उनले प्रदेशसभा गतिविधिहरु सर्वसाधरणसम्म पुर्याउन प्रदेशका सहरमा विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारणको तयारी समेत भइरहेको जानकारी दिए।

संसद्लाई पारदर्शी बनाउन र सदनलाई जनताको पहुँचमा लैजानका संसद्का गतिविधि जनताले प्रत्यक्ष देख्न पाउने गरी सो व्यवस्था मिलाइने उल्लेख गरे।

कार्यक्रममा पत्रकार हरिबहादुर थापा र राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुँयालले कार्यपत्र प्रस्तुत गरेका थिए। रासस

प्रकाशित: १८ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...