‘सामाजिक सञ्जाल व्यवस्थित गर्नुपर्छ’ -गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे

  • Technology Khabar | १७ चैत्र २०८०, शनिबार
‘सामाजिक सञ्जाल व्यवस्थित गर्नुपर्छ’ -गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे

काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मूलधारका मिडियालाई बनाइराख्न सामाजिक सञ्जाल चुनौती भएकाले यसलाई सबै पक्ष मिलेर ब्यबस्थित गर्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघको ५९ औं स्थापना दिवसको उपलक्ष्यमा कास्की शाखाद्वारा पोखरामा शुक्रबार आयोजित पोखरा पत्रकारिता सम्मान एवं पत्रकारितामा देखिएका सङ्कट र समाधानका उपाय विषयक संबाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले सो भनाइ राखेका हुन्।

मुख्यमन्त्री पाण्डेले मूलधारका मिडिया र सामाजिक सञ्जालबिचको भिन्नता आमजनतालाई बुझाउन सकिएन भने पत्रकार र पत्रकारिता मात्र होइन, राज्य, सरकार र संविधानलाई समेत चुनौती हुने बताए। पत्रकारितालाई बनाउन सकिए मात्र लोकतन्त्र सुदृढ हुने बताए।

स्वतन्त्रताको नाममा छाडा प्रवृत्ति बढ्दै गएकाले यसलाई न्यूनीकरण गर्न दल, सरकार र मिडिया आबद्ध सचय संस्था एक ठाउँमा उभिएर समाधान खोज्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

गण्डकी प्रदेशले हालै मात्र पास गरेको मिडिया विधेयकमा स्वतन्त्र मिडियाको परिकल्पना गरी प्रेस रजिस्ट्रारको व्यवस्था गरेकाले अबका दिनबाट मिडिया अनुगमन स्वतन्त्र रूपमा हुनेसमेत जानकारी दिए।

मुख्यमन्त्री पाण्डेले पत्रकारिता पेसालाई जिम्मेबार मर्यादित र सम्मानित गराउन पत्रकारसमेतको मुख्य दायित्व रहने भनाइ राखेका थिए।

कार्यक्रममा पोखरा पत्रकारिता पुरस्कार, २०७२ बाट व्यक्तिगत तर्फ अग्रज पत्रकार गंगाधर पराजुली र २०८० को संस्थागत तर्फ राजु भण्डारी एवं भण्डारी परिवारलाई सम्मान गरिएको थियो ।गोरखापत्रबाट

प्रकाशित: १७ चैत्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार