सीएटीएल र बस निर्माता युटोङले संयुक्त रुपमा १५ वर्षसम्म टिक्ने ब्याट्री लन्च गरे

  • Technology Khabar | १८ चैत्र २०८०, आईतवार
सीएटीएल र बस निर्माता युटोङले संयुक्त रुपमा १५ वर्षसम्म टिक्ने ब्याट्री लन्च गरे

काठमाडौं ।

चिनियाँ पावर ब्याट्री जायन्ट कन्टेम्परेरी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड र बस निर्माता झेंग्झौ युटोङ बस कम्पनी लिमिटेड लामो जीवन भएको व्यावसायिक सवारी ब्याट्री ल्याउन सहकार्य गरेका छन्।

युटोङले बिहीबार न्यू इनर्जी कमर्सियल भेहिकलको लागि एक कार्यक्रममा ब्याट्री लन्च गरेको छ। उक्त ब्याट्रीको जीवन १५ वर्ष र १५ लाख किलोमिटर रहेको दाबी गरिएको छ।

ब्याट्रीले बस, लाइट ट्रक र हेभी ट्रक लगायतका विभिन्न बजारको माग पूरा गर्न सक्षम हुनेछ र भविष्यमा युटोङ बस र युटोङ हेभी इन्डस्ट्रिजका उत्पादनहरूमा प्रयोग गरिने बस निर्माता कम्पनीले बताएको छ।

लामो समयसम्म चल्ने ब्याट्रीको पहिलो १ हजार साइकलमा शून्य गिरावट हुने युटोङको दाबी छ।

लामो समयसम्म चल्ने ब्याट्रीको अतिरिक्त, युटोङले १० वर्ष र १० लाख किलोमिटरको जीवन भएको पावर ब्याट्री पनि ल्याएको छ।

चीनको सबैभन्दा ठूलो बस निर्माता कम्पनी युटोङले २०१२ मा सीएटीएलसँग आफ्नो पहिलो १०–वर्षे रणनीतिक साझेदारी सुरु गरेको थियो।

९ अगष्ट २०२२ मा सीएटीएल र युटोङले झोंग्झौं, हेनान प्रान्तमा एक नयाँ १० वर्षिय रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए।

सीएटीएल ब्याट्रीले सुसज्जित युटोङका बसहरु कतार, फ्रान्स, बेलायत र स्पेन लगायत ४० भन्दा बढी देश र क्षेत्रमा बिक्री हुने तत्कालिन समयको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको सीएनईभीपोस्टले लेखेको छ।

प्रकाशित: १८ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार