नेपाल र कोरिया बिच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र जीएलएन इन्टरनेशनल बीच समझदारी

Technology Khabar १४ चैत्र २०८०, बुधबार

काठमाडौं ।

फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक र जीएलएन इन्टरनेशनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी, मिलेर नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस एमओयूको आधारमा, दुई कम्पनीले नेपाल र कोरिया बीच क्रस-बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने छ।

फोनपे  र जीएलएनको यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरुले नेपालमा क्यूआर भुक्तानी गर्न सक्नेछन । कोरियाबाट नेपाल आउने जीएलएन प्रयोगकर्ताहरूले हाना १ क्यू, केबी वालेट, आईएमबैंक, जस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा रियलटाइम भुक्तानी क्यूआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्छन् ।

“विश्वभरी क्रस-बोर्डर भुक्तानी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप जीएलएन र फोनपेसंग यो सहयोगी यात्रामा म उत्साहित छु,” जीएलएनका सीईओ, क्यूगो किमले भने, “यो पार्टनर्सिपले हाम्रो नयाँ क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धतालाई आयम थपेको छ, तेसै परस्पर सीमाहरू बिच इन्नोभेटिभ पेमेन्ट सलुसन्स प्रदान गर्ने हाम्रो मिशनलाई पनि लाई सार्थक तुल्याएको छ।”

प्रकाशित: १४ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया