Technology Khabar ११ चैत्र २०८०, आईतवार
काठमाडौं ।
‘बीआरएस’ टेक्नोलोजीले विशेष गरी आईफोन १६ सिरिजका सबै चार मोडलको बटम (तल्लो) बेजेल वा चिन कम गर्ने लक्ष्य राखेको छ। बीआरएस भन्नाले ‘बोर्डर रिडक्सन स्ट्रक्चर’ भन्ने बुझिन्छ।
विशेष गरी, यो प्रविधि प्यानल तलको कपर वायर्स (तामाको तारहरू) रोलिङ अप गरेर बटम (तलको) बेजेललाई कम गर्नका लागि केन्द्रित भएको जनाइएको छ।
प्रो आईफोनहरूमा केही ठूलो डिस्प्ले हुने
कोरियाली स्रोत सिसा जर्नलले रिपोर्ट गरेअनुसार आईफोन १६ सिरिजका लागि सामसङ डिस्प्ले, बीओई र एलजी डिस्प्लेले प्यानलहरू आपूर्ति गर्नेछन्। उक्त सबै कम्पनीहरुले यो प्रविधि प्राप्त गरिसकेको उल्लेख छ।
यद्यपि, उत्पादनको इल्ड रेट महत्त्वपूर्ण कारक हुने थप उल्लेख गरिएको छ। “प्रविधि आफैंमा प्रवेश अवरोधयुक्त छैन, तर वास्तवमा ठूलो उत्पादनमा प्रवेश गरेपछि प्रत्येक कम्पनीका लागि भोल्युम स्थिति परिवर्तन हुन सक्छ” एक उद्योगका अधिकारीलाई उदृत गर्दै रिपोर्टमा भनिएको छ।
स्लिमर बेजेल बाहेक, नियमित आईफोन १६ र आईफोन १६ प्लसले गत वर्षको नन्–प्रो मोडलहरूको जस्तै आकार र प्रकारको प्यानल प्राप्त गर्ने जनाइएको छ। साथै हालका आईफोन १५ र आइफोन १५ प्लसले क्रमशः ६.१ इन्च र ६.७ इन्च ६० हर्ज एलटीपीएस (लो टेम्परेचर पोलिक्रिस्टलाइन सिलिको) प्यानल प्रदान गर्ने गरेको छ।
यद्यपि, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको लागि डिस्प्ले साइजमा थोरै वृद्धि हुन सक्ने सम्भावना रहेको छ। बजार अनुसन्धान एजेन्सी ओम्डियाकाअनुसार आईफोन १६ प्रो मा ६.३ इन्चको डिस्प्ले हुन सक्ने (गत वर्षको मोडलमा ६.१ इन्च) जनाइएको छ भने आईफोन १६ प्रो म्याक्सले ६.९ इन्चको डिस्प्ले प्रदान गर्न सक्ने (आईफोन १५ प्रो म्याक्समा ६.७ इन्चको प्यानल छ) जनाइएको छ।
डिस्प्ले टेक्नोलोजीको सन्दर्भमा, यी ठूला प्यानलहरू गत वर्षको प्रो मोडलहरूले अफर गरेको एलटीपीओ जस्तै हुने थप उल्लेख छ।
प्रकाशित: ११ चैत्र २०८०, आईतवार