माघमा क्यूआर मार्फत ३७ अर्ब ७३ करोड भुक्तानी

  • Technology Khabar | ६ चैत्र २०८०, मंगलवार
माघमा क्यूआर मार्फत ३७ अर्ब ७३ करोड भुक्तानी
सांकेतिक तस्विर

काठमाडौं ।

नेपालमा क्यूआर कोड मार्फत हुने भुक्तानी थोरैले घटेको देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० माघको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको छ।

गत महिना पुसमा क्यूआर कोड मार्फत ३८ अर्ब ५९ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो।

पुसको तुलनामा माघमा क्यूआर कोड मार्फत हुने भुक्तानी ८६ करोड २० लाख रुपैयाँ आर्थत २.२३ प्रतिशतले घटेको छ।

माघमा क्यूआर कोड मार्फत १ करोड ३१ लाख ५७ हजार ७६२ पटक कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।

प्रकाशित: ६ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ६ चैत्र २०८०, मंगलवार

NOC from Nagarik App

  • ६ चैत्र २०८०, मंगलवार

E-pension verification system launched

  • ६ चैत्र २०८०, मंगलवार