आगामी मोटोरोला फोनमा स्न्यापड्रागन ७ जेन ३ प्रोसेसर राखिने

Technology Khabar ७ चैत्र २०८०, बुधबार

काठमाडौं ।

मोटोरोलाले अप्रिल ३ मा डेब्यू गर्ने आफ्नो आगामी स्मार्टफोनको आगमनलाई टिज गर्न थालेको छ। लेनोभो–स्वामित्वको ब्रान्डले डिभाइसको सही नाम र विवरणहरूको बारेमा केही पनि खुलाएको  छैन्।

तर मोटोरोलाले आफ्नो एक अज्ञात फोनको पछिल्लो टिजर सार्वजनिक गर्दै त्यसको प्रोसेसरको बारेमा खुलासा गरेको छ। साथै कम्पनीले यो मिड–रेन्ज अफरिङ्ग हुने सम्भावित रूपमा पुष्टि गरेको उल्लेख छ।

अज्ञात मोटोरोला फोन क्वालकम स्न्यापड्रागन ७ जेन ३ प्रोसेसर द्वारा संचालित हुने पुष्टि गरिएको छ। उक्त टिजरले सूक्ष्म रूपमा यो डिभाभइस बैजनी रंगको विकल्पमा उपलब्ध हुनेछ भनेर भने डिभाइसले फास्ट वायर्ड वा वायरलेस चार्जिङलाई समर्थन गर्ने अनुमान गरिएको छ।

फोनको आर्को एक टिजरले पनि यही कलर सेड र कर्भड् डिस्प्ले पुष्टि गरेको थप उल्लेख छ। साथै फोनको पछाडिको प्यानलमा रेज्ड क्यामरा आईल्याण्ड पनि फेला पारेको गीज्मोचाइनाले जनाएको छ।

आगामी मोटोरोला फोनको नाम नखुलाईएको भए तापनि यो ‘मोटोरोला एज ५० प्रो’ हुने अनुमान गरिएको छ। यो एक रिब्रान्डेड मोटो एक्स५० अल्ट्रा पनि हुन सक्ने उल्लेख गरिएको छ जुन अर्को महिना चीनमा डेब्यु गर्नेछ। पछिल्लो प्रोसेसर पुष्टिको साथ उक्त आगामी मोटोरोला फोन एज ५० फ्यूजन हुने अनुमान गरिएको छ।

मोटोरोलाको एज परिवारले एउटै डिजाइन ल्याङ्गवेज सेयर गरेतापनि मोडलहरूमा फरक स्पेसिफिकेसनहरू हुने गर्दछन्। एज ५० फ्यूजनको मुख्य स्पेक्सको बारेमा टिपस्टर इभान ब्लासले लीक मार्फत खुलासा गरेको उल्लेख छ। यद्यपि, उनले पुष्टि भएको स्न्यापड्रागन ७ जेन १ को सट्टा स्न्यापड्रागन ६ जेन १ को बारेमा उल्लेख गरेका छन्।

लेनोभोको स्वामित्वमा रहेको ब्रान्डले गत वर्ष एज फ्युजन लन्च नगरेको र आगामी अफरिङ्ग सन् २०२२ मा डेब्यु भएको एज ३० फ्युजनको उत्तराधिकारीको रूपमा आउन सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: ७ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया