सामसङ ग्यालेक्सी ए५५ एक्सिनोस १४८० चिप, ५० एमपी ओआईएस क्यामराको साथ लन्च

Technology Khabar १ चैत्र २०८०, बिहीबार

काठमाडौं ।

सामसङले आफ्नो मिड रेन्जको नयाँ ग्यालेक्सी ए ५५ र ग्यालेक्सी ए३५ लन्च गरेको छ। कम्पनीको उक्त पछिल्ला मिड–रेन्जर्सले कोर (मुख्य) स्पेक्सहरु धेरै हदसम्म समान भए पनि सेलेक्ट फिचर्सको कारण तिनीहरू एकअर्कामा भिन्न भएको उल्लेख छ।

साथै ए५५ प्रिमियम निर्माण, थप शक्तिशाली चिप र राम्रो क्यामराहरूको साथ आएको बताईएको छ।

आफ्नो पूर्ववर्ती ग्यालेक्सी ए५४ का साथै अन्य ए सिरिजका फोनहरूको तुलनामा ग्यालेक्सी ए५५ ले प्रिमियम निर्माणलाई जारी राखेको छ। यस ए५५ को पछाडि ग्लास ब्याक र मेटल फ्रेम रहेको छ।

अन्य नयाँ मोडलहरू जस्तै, ग्यालेक्सी ए५५ नयाँ ‘की आइल्याण्ड’ डिजाइनको साथ आएको छ। तसर्थ, पावर र भोल्युम कीहरू फ्रेमबाट केही बढाइएको उल्लेख छ।

स्मार्टफोनमा ६.६ इन्च सेन्टर्ड पंच–होल सुपर एएमओएलईडी डिस्प्ले रहेको छ भने त्यसलाई कोर्निङ गोरिल्ला ग्लास भिक्टसद्वारा सुरक्षित गरिएको छ। साथै प्यानलले २३४०x१०८० पिक्सेल (एफएचडी प्लस) को रिजोल्युसन र १२० हर्ज रिफ्रेस दर प्रदान गर्दछ।

यो डिभाइस नयाँ एक्सिनोस १४८० एसओसी द्वारा संचालित हुने र एएमडी आरडीएनए२–आधारित एक्सक्लिप्स ५३० जीपीयू रहेको छ। यो चिपसेटलाई १२ जीबी र्याम र २५६ जीबी स्टोरेजसँग पेयर्ड गरिएको छ।

ह्यान्डसेटमा रहेको ट्रिपल क्यामरा सिस्टममा ओआईएस–असिस्टेड ५० मेगापिक्सेलको प्राथमिक सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रावाइड युनिट र ५ मेगापिक्सेलको म्याक्रो स्न्यापर समावेश गरिएको उल्लेख छ। यो डिभाइस अगाडि भने ३२ मेगापिक्सेलको क्यामरा रहेको छ।

फोनले एन्ड्रोइड १४ मा आधारित वान यूआई ६.१ बुट गर्दछ भने यसले ४ पुस्ताको ओएस अपडेट र ५ वर्षको सुरक्षा अपडेटहरू प्राप्त गर्ने ग्यारेन्टी गरिएको उल्लेख छ।

धुलो र पानी प्रतिरोधका लागि स्मार्टफोन आईपी६७–रेट गरिएको छ। साथै यो स्मार्टफोन इन–स्क्रिन फिङ्गरप्रिन्ट सेन्सर र डुअल स्टेरियो स्पिकरहरूका साथ आउने जनाइएको छ।

त्यसैगरी डिभाइसमा ५,०००एमएएच ब्याट्री समावेश गरिएको र उक्त ब्याट्रीले २५वाट वायर्ड चार्जिङ समर्थन गर्ने उल्लेख गरिएको छ।

सामसङले ग्यालेक्सी ए५५ लाई आइस ब्लू, लेमन, लिल्याक र नेभी गरी चार रङ्गहरूमा उपलब्ध गराएको उल्लेख छ।

युरोपमा बेस ८जीबी र १२८जीबी मेमोरी कन्फिगरेसन सहितको ह्यान्डसेटको मूल्य ४८० यूरोदेखि सुरु हुने जनाइएको छ। साथै यो ८जीबी र २५६जीबी तथा १२ जीबी र २५६ जीबी मेमोरी भेरियन्टहरूमा पनि आउने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १ चैत्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया