Technology Khabar २६ फाल्गुन २०८०, शनिबार
काठमाडौं ।
एप्पलले फोल्डेबल डिभाइस बजारको अन्वेषण गरिरहेको हुनसक्ने एक रिपोर्टमा दाबी गरिएको छ। विश्लेषक मिङ–ची कुओका अनुसार कम्पनीले सन् २०२७ सम्ममा लगभग २० इन्चको स्क्रिन भएको फोल्डेबल म्याकबुक जारी गर्न सक्नेछ।
डिभाइसको बारेमा धेरै जानकारी उपलब्ध नभएको र यो विकासको स्पष्ट समयरेखा (टाईमलमइन) को साथ एप्पलको यो एक मात्र फोल्डेबल प्रोडक्ट भएको जस्तो देखिएको कुओले एक्समा उल्लेख गरेका छन्।
साथै कुओले यो नयाँ म्याकबुकको मास प्रोडक्सन सन् २०२७ मा सुरु हुने सम्भावना रहेको उल्लेख गर्दे यसले फोल्डेबल टेक्नोलोजी प्रति एप्पलको सतर्क योजनालाई संकेत गरेको उल्लेख गरेका छन्।
कुओको उक्त स्टेटमेन्ट डिस्प्ले विश्लेषक रोस यंग र कोरियाली वेबसाइट द इलेकको यस अवधारणाको पूर्व जानकारीहरूसँग मिलेको छ।
डिभाइसको डिजाइनको बारेमा विवरणहरू निकै कम मात्र भएतापनि यसले एप्पलको हालको सबैभन्दा ठूलो ल्यापटप १६ इन्चको म्याकबुक प्रोलाई पछि पर्दै सम्भावित रूपमा बन्द गरिएको १७–इन्चको म्याकबुक प्रो को जस्तै स्क्रिन आकारहरूलाई पुनः जीवित पार्ने बताईएको छ।
यो आंशिक रूपमा खुला हुँदा यसले परम्परागत ल्यापटपको रूपमा काम गर्न सक्ने वा पूर्ण रूपमा खुला हुँदा एक विस्तृत डिस्प्ले एक्सपिरियन्स प्रदान गर्नेछ।
हामीले सुनेका सबै अनुमानहरूको बावजुद एप्पलको हाल फोल्डेबल आईफोन वा आईप्याडहरूको लागि कुनै आसन्न योजनाहरू नभएको कुओका टिप्पणीहरूले संकेत गरेका छन।
एप्पलले आईप्याड मिनीलाई प्रतिस्थापन गर्न सक्ने ७ इंचदेखि ८ इन्च डिभाइसको योजनाहरूका साथ कथित रूपमा फोल्डेबल बजार अन्वेषण गरिरहेको अघिल्ला रिपोर्टहरूमा उल्लेख थियो। यो फोल्डेबल आईप्याड सन् २०२६ र सन् २०२७ को बीचमा लन्च हुने चर्चाहरु पनि रहेका छन्।
प्रकाशित: २६ फाल्गुन २०८०, शनिबार