थर्ड पार्टि एप स्टोर सपोर्टको साथ आईओएस १७.४ युरोपेली युनियनमा सार्वजनिक

Technology Khabar २४ फाल्गुन २०८०, बिहीबार

काठमाडौं ।

एप्पलले अब तुरुन्तै लागू हुने ईयूको डिजिटल मार्केट्स एक्ट (डीएमए) को पालना गर्नका लागि आईओएस १७.४ र आईप्याडओएस १७.४ भर्सन जारी गरेको छ।

यो संस्करणले थर्ड पार्टि (तेस्रो पक्ष) एप स्टोरहरूको लागि सपोर्ट (समर्थन) ल्याउनुका साथै डीएमएले अनिवार्य गरेको धेरै भन्दा धेरै परिवर्तनहरू समावेश गरेको छ। यद्यपि सबै डीएमए–रिलेटेड स्टोर ईयूमा मात्र उपलब्ध हुनेछ।

एप्पलको सफारी वेब ब्राउजर नभएको कुनै पनि ब्राउजरले अब यसको विकासकर्ताहरूले चाहेको रेन्डरिङ इन्जिन प्रयोग गर्न सक्ने र तिनीहरूलाई एप्पलको वेबकिटसँग जान पर्ने बाध्यता नहुने जनाइएको छ। साथै यो अपडेटलाई पहिलो पटक इन्स्टल गरेपछि सफारीमा प्रवेश गर्दा, तपाइँलाई ब्राउजर छनोट स्क्रिन पनि प्रस्तुत गरिनेछ।

त्यसैगरी ईयूका आईफोन प्रयोगकर्ताहरूका लागि अर्को जीत भनेको एनएफसीले वैकल्पिक वालेट र बैंकिङ एपहरूसँग काम गर्ने भएकाले अब विशेष रूपमा एप्पल पे सँग नै अडिनु नपर्ने उल्लेख छ।

यस अपडेटले अटोमेटिक (स्वचालित) पोडकास्ट ट्रान्सक्रिप्सनहरू (अंग्रेजी, स्पेनिश, फ्रेन्च र जर्मनमा), नयाँ इमोजी (मशरूम, फिनिक्स, लाइम, ब्रोकन चेन, सेपकङ्ग हेड) र दुई कथित एक्सप्लोइटेड सेक्योरिटी समस्याको लागि फिक्सहरू पनि ल्याएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २४ फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया