Technology Khabar २१ फाल्गुन २०८०, सोमबार
काठमाडौं ।
श्रीलंकाले विद्यालयका बालबालिकाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स अर्थात कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित शिक्षा दिने भएको छ।
श्रीलंकाली शिक्षा मन्त्री सुशील प्रेमजयन्थाले आइतवार घोषणा गर्दै मार्च १९ देखि, २० ओटा विद्यालयहरूमा एक पायलट परियोजना सुरु गरिने बताएका छन्। यसले कक्षा ८ का विद्यार्थीहरूलाई उनीहरूको सूचना प्रविधि पाठ्यक्रम भित्र कृत्रिम बुद्धिमत्ता (एआई) मा अध्ययन गर्ने मौका प्रदान गर्दछ।
कोलम्बोमा जनसभालाई सम्बोधन गर्दै उनले शिक्षकलाई तालिम दिइँदै आएको र आगामी वर्ष देशभरका विद्यार्थीले यो विषय सिक्न सक्ने बताए।
प्रेमजयन्थले एआईसँग सम्बन्धित राष्ट्रिय रणनीति र योजना निर्माणका लागि गठित कार्यदलको लागि सिफारिस भएको बताए।
मन्त्रीले २०२३ मा विश्वविद्यालयको प्रवेश परीक्षामा बस्ने ५० हजार विद्यार्थीलाई व्यावसायिक र सफ्ट सीप तालिम दिने योजना रहेको पनि बताए, जुन कुलको लगभग १५ प्रतिशत हो।
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार