Technology Khabar २१ फाल्गुन २०८०, सोमबार
काठमाडौं ।
चिनियाँ साइन्टिफिक एक्सपिडिसन (वैज्ञानिक अभियान) ले अन्टार्कटिकाको बरफको गहिराइमा लुकेको विशाल सबग्लेसियल लेक (ताल) मा ड्रिल गर्ने तयारी गरिरहेको छ। यो महत्वाकांक्षी परियोजनाले महाद्वीपको अद्वितीय इकोसिस्टम र यसको चरम वातावरणमा फस्टाउने जीवनको सम्भावनाको बारेमा रहस्यहरू खोल्ने अपार सम्भावनाहरू राख्दछ।
सन् २०२२ मा चीनले नामकरण गरेको क्विलिन सबग्लेसियल लेक (ताल) यस अभियानको मुख्य लक्ष्य भएको जनाइएको छ। राजकुमारी एलिजाबेथ ल्यान्ड आइस शीट मुनि ३,६०० मिटरमा अवस्थित यो तालको गहिराइ २०० मिटर र ३७० वर्ग किलोमिटरको सतह क्षेत्र रहेको अनुमान गरिएको छ।
त्यसैगरी वैज्ञानिकहरूले यो ताल कम्तिमा पनि ३० लाख वर्षदेखि बाहिरी संसारबाट अलग रहेको विश्वास गरेका छन् र यसले गर्दा यस ताललाई चरम परिस्थितिहरूमा अनुकूल हुन सक्ने सम्भावित जीवनका रूपहरू अध्ययन गर्नको लागि मुख्य लक्ष्य बनाइएको उल्लेख छ।
जैविक आविष्कारहरूको सम्भाव्यता भन्दा बाहिर, हाम्रो ग्रहको इतिहास र भविष्यको फराकिलो चित्र बुझ्नको लागि यो परियोजनाले महत्त्व राख्ने बताइएको छ। तालको इतिहासको अध्ययनले विगतको जलवायु भिन्नताहरूमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्न सक्छ भने यसको गठन र आइस शीट (बरफको तह) सँगको अन्तरक्रियाले अन्टार्कटिकाको बरफ परिदृश्यको विकासको बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गर्न सक्ने थप उल्लेख गरिएको छ।
चाइनिज पोलर रिसर्च इन्स्टिच्युटले हाल क्लिन (सफा) र रिट्रिभेबल (पुनः प्राप्त गर्न मिल्ने) ड्रिलिङका साथै सुरक्षित र प्रभावकारी नमूना सङ्कलन र प्रदूषण नियन्त्रण सुनिश्चित गर्न महत्त्वपूर्ण प्रविधिहरू विकास गर्नमा काम गरिरहेको छ।
अन्य राष्ट्रहरूद्वारा गरिएका अघिल्ला सफल अभियानहरूको अनुभवलाई लिएर चीनले सबग्लेसियल तालहरूको निरन्तर अन्वेषणमा नयाँ ज्ञान र वैज्ञानिक बुझाई प्रदान गर्ने लक्ष्य राखेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार