काठमाडौँ भित्रका सम्पदाहरुको चिनारी अब क्युआर कोडबाट लिन सकि

  • Technology Khabar | १७ फाल्गुन २०८०, बिहीबार
काठमाडौँ भित्रका सम्पदाहरुको चिनारी अब क्युआर कोडबाट लिन सकि
फाइल तस्विर

काठमाडौं ।

काठमाडौँ भित्रका सम्पदाहरुको बारेमा अब क्युआर कोड मार्फत जानकारी लिन सकिने भएको छ।

काठमाडौँका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिनेगरी क्युआर कोड राखिएको छ।

सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरुले सजिलै जानकारी पाउन सकुन भनेर वडाले प्रविधिको प्रयोग थालेको हो।

वडा नं.१ का अध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेको हुन्छ। क्युआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने हाम्रो चाहना हो ।’

वडा सदस्य रसला तण्डुकारका अनुसार वडाभित्र ४ ओटा प्राचीन ढुङ्गेधारा छन्। यी सम्पदाको प्रवर्धनका लागि क्युआर कोडमार्फत काम थालिएको हो।

वडा सचिव सर्वज्ञराज पौडेलकाअनसार पर्यटकहरुलाई स्मारकका बारेमा जान्न सजिलो होस् भनेर प्रयोगका रुपमा अहिले २ ओटा मन्दिर र एउटा महाविहारको चिनारी क्युआर कोडमा राखिएको छ।

वडाले द सारङ्गको प्राविधिक सहयोगमा क्यु आर कोड राखेको हो।

क्युआर कोडमा नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनीज, कोरियन, स्पेनिस, जापानीज, अरेविक गरी १० भाषामा अडियो सुन्न सकिने बताईएको छ।

प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १७ फाल्गुन २०८०, बिहीबार